कर्मचारीलाई सरकारको ठूलो उपहार : बेसिक तलब १० प्रतिशत वृद्धि, न्यूनतम आम्दानी ४० हजार पुग्ने

सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीको तलब तथा सुविधामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यसहित तलब, भत्ता र प्रोत्साहन प्रणालीमा सुधार ल्याएको हो ।

बिज्ञापन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कर्मचारीको बेसिक तलबमा नै १० प्रतिशत वृद्धि गरिएको घोषणा गर्नुभयो । यससँगै हाल पाइँदै आएको महँगी भत्ता भने यथावत् राखिएको छ ।

बिज्ञापन

सरकारले अब कार्यसम्पादन र कार्यक्षमताका आधारमा अतिरिक्त १० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने व्यवस्था पनि ल्याएको छ । यसलाई कर्मचारी प्रशासन सुधार र सेवाप्रवाहलाई प्रभावकारी बनाउने रणनीतिका रूपमा हेरिएको छ ।

तलब वृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्ता जोडिएपछि न्यूनतम् तहका कर्मचारीको मासिक आम्दानी नै करिब ४० हजार रुपैयाँ पुग्ने सरकारी दाबी छ ।

बिज्ञापन

सरकारले कर्मचारीको सेवा–सुविधालाई “सम्मानजनक र समयानुकूल” बनाउँदै लैजाने नीति लिएको जनाएको छ । प्रशासनिक सुधार, कार्यक्षमता वृद्धि र सार्वजनिक सेवामा उत्तरदायित्व बढाउने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष