सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधालाई क्रमिक रूपमा सम्मानजनक बनाउँदै लैजाने घोषणा गरेको छ ।
बिज्ञापन
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको मनोबल उच्च राख्न तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने बताएका हुन् ।
उनले निजामती, जंगी, प्रहरी तथा शिक्षकको सेवा–सुविधामा क्रमिक सुधार गरिने उल्लेख गर्दै राज्यका जनशक्तिलाई उत्प्रेरित र जिम्मेवार बनाउने नीति सरकारले लिएको बताए ।
यसैबीच सरकारले सार्वजनिक संस्थानलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने घोषणा पनि गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका संस्थानमा सुधार, पुनर्संरचना तथा शेयर विनिवेशको नीति अघि बढाइने जानकारी दिए ।
बिज्ञापन
उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गरिने भएको छ ।
सरकारले सार्वजनिक संस्थानलाई आर्थिक रूपमा सक्षम, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि सारेको जनाएको छ ।






























