५५ वर्षमै सरकारी कर्मचारीलाई अवकाश दिने तयारी, बजेटमार्फत ठूलो प्रशासनिक सुधार घोषणा हुँदै

काठमाडौं । सरकारले निजामती प्रशासनमा व्यापक पुनर्संरचना गर्ने लक्ष्यसहित सरकारी कर्मचारीको अनिवार्य अवकाश उमेर घटाउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सार्वजनिक गर्ने आगामी आर्थिक वर्षको बजेटमार्फत ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने घोषणा गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

बिज्ञापन

हालको व्यवस्थाअनुसार अधिकांश सरकारी कर्मचारीले ५८ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ । तर अब सरकारले निजामती सेवा ऐन संशोधन गरी ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अवकाश दिन सकिने नयाँ व्यवस्था अघि बढाउने भएको हो ।

बिज्ञापन

सरकारले प्रशासनिक खर्च घटाउने, कर्मचारी संरचना चुस्त बनाउने तथा नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने उद्देश्यसहित यस्तो नीति ल्याउन लागेको बताइएको छ । प्रारम्भिक अनुमानअनुसार यो व्यवस्थाबाट १० हजारभन्दा बढी कर्मचारी तत्काल प्रभावित हुन सक्नेछन् ।

एकैपटक ठूलो संख्यामा कर्मचारी अवकाशमा जाँदा राज्यको आर्थिक दायित्व बढ्ने भएकाले सरकारले त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनसमेत बजेटमै उल्लेख गर्ने तयारी गरेको छ । विशेषगरी २०७६ सालअघि नियुक्त कर्मचारीलाई सरकारले पूर्ण पेन्सन सुविधा दिनुपर्ने भएकाले आगामी वर्षहरूमा पेन्सन खर्च थप बढ्ने देखिएको छ ।

बिज्ञापन

नेपालमा २०७६ साउन १ गतेपछि नियुक्त कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू भए पनि त्यसअघि नियुक्त कर्मचारी भने पुरानै पूर्ण पेन्सन प्रणालीअन्तर्गत छन् । अहिले अवकाशमा जाने अधिकांश कर्मचारी पुरानो व्यवस्थाअन्तर्गत पर्ने भएकाले राज्यको दीर्घकालीन दायित्व बढ्ने अर्थविद्हरूको विश्लेषण छ ।

सरकारी सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने प्रावधान यसअघि नै कायम छ । अब भने सरकारले उमेर हद नै घटाएर अनिवार्य अवकाश लागू गर्न खोजेपछि निजामती क्षेत्रमा यसको व्यापक प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

सरकारी कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कसको कती पुग्यो ?

कर्मचारीलाई सरकारको ठूलो उपहार : बेसिक तलब १० प्रतिशत वृद्धि, न्यूनतम आम्दानी ४० हजार पुग्ने

कर्मचारीको तलब बढ्यो

नर्सहरूको रात्रि भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाइयो

सुनिल लम्सालको मन्त्रालयले पायो ३२३ अर्ब बजेट

सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

कर्मचारीको सेवा–सुविधा ‘सम्मानजनक’ बनाइने, सार्वजनिक संस्थान सुदृढ गरिने

बिशेष