मीनभवनस्थित निजामती कर्मचारी अस्पताल का कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। मंगलबार उहाँले औपचारिक रूपमा जिम्मेवारीबाट अलग हुने निर्णय लिनुभएको हो।
प्राडा रेग्मी २०८१ फागुन २८ गते चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर, पछिल्लो समय विकसित राजनीतिक समीकरण र प्रशासनिक परिस्थितिका कारण उहाँले कार्यकाल पूरा नगरी पद छाड्ने निर्णय गरेको अस्पताल स्रोतले जनाएको छ।
उहाँको बहिर्गमनसँगै अस्पतालको नेतृत्व अस्थायी रूपमा डा. रविप्रकाश शर्माले सम्हाल्ने भएका छन्। अस्पताल प्रशासनले शर्मालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ।
प्राडा रेग्मीको राजीनामासँगै अस्पतालको भावी नेतृत्व, व्यवस्थापन शैली तथा आगामी प्रशासनिक रणनीतिबारे चासो बढेको छ।






























