निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

गृह मन्त्रालयले २० जना कर्मचारी ट्रेड युनियनका नेताहरूको सरुवा गर्दा निजामती सेवा ऐन २०४९ को दफा ५२ को उपदफा च विपरित सरुवा गरेको पाइएको छ ।
मन्त्रालयले मंगलबार २० जना ट्रेड युनियनका पदाधिकारीहरूको सरुवा गरेको हो। कर्मचारी ट्रेड युनियनसँग सम्बन्धित मुद्धा एकातिर सर्वाेच्च अदालतमा विचराधिन हुँदाहुँदै कर्मचारी नेताहरुलाई डाँडो कटाइएको छ भने निजामती सेवा ऐनको दफा ५२ को च विपरित गरिएको पाइएको छ ।

बिज्ञापन

अन्तरिम आदेशबाट कर्मचारी ट्रेड युनियन खारेजी गरिएसँगै ट्रेड युनियनकर्मीहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले कर्मचारी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतले ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको अबस्था छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक राय पेस गरेका थिए । सो रिटमा आगामी २० गते सुनुवाईका लागि पेशी तोकिएको छ । एकातिर सर्वाेच्च अदालतको आदेश र अर्काेतिर निजामती ऐनको दफा ५२ को उपदफा च विपरित राजपत्रअनकिंत कर्मचारीहरुको सरुवा गरिएको पाइएको हो ।

बिज्ञापन

ऐनमा राजपत्रअनकिंत कर्मचारीहरुलाई घर पायक सरुवा गर्नुपर्ने भनिए पनि कर्मचारी ट्रेड युनियनकर्मीहरुको सरुवा गर्दा पूर्व घर भएकालाई पश्चिम र पश्चिम घर भएकालाई पूर्वतिर लखेटिएको छ । झापा घर भएका उत्त कटवाललाई इलाका प्रशासन कार्यालय बैतडी पठाइएको छ । यस्तै रुकुम घर भएका रामचन्द्र अधिकारीलाई बैतडी पुर्याइएको छ । यस्तै बामदेव ओलीको इलाका प्रशासन कार्यालय खोटाङ,अर्घाखाँची घर भएका डा. प्रकाश भट्टराईलाई पर्वत पठाइएको छ । निजामती कर्मचरी ट्रेड युनियनमा लागेर पनि कुनै विकृती विसंगतीमा नलागेका,वौद्धिक मानिएका भट्टराई मकैको घानमा पेलिएका घुन बन्न पुगेका छन् । यस्तै दलगत ट्रेड युनियनको खारेजीको मुद्धा उठाउँदै हिडेका खोटाङकै पशुपति पोखरेललाई इलाका प्रशासन मुस्ताङ पठाइएको छ । यस्तै,खोटाङकै ढकबहादुर खड्कालाई इलाका प्रशासन कार्यालय रुकुमपश्चिम खटाइएको छ । जुम्लाका हरिलाल बिक सुनुवारको संखुवासभा, हरिबहादुर रावलको डोटी पुर्याइएको छ । सरुवाको सूची अनुसार, श्यामलाल पन्थीको इलाका प्रशासन कार्यालय ताप्लेजुङ, सुरेश बिष्टको इलाका प्रशासन कार्यालय रामेछाप, गोविन्दप्रसाद अधिकारीको ताप्लेजुङ, देवीकुमारी पराजुलीको संखुवासभा, पदमबहादुर शाहीको डोल्पा, उमेश पराजुलीको डोल्पा, नरेश राम सिंहको ताप्लेजुङ,त्यस्तै , भूपेन्द्र अधिकारीको बाजुरा, गणेश भण्डारीको खोटाङ, श्रीराम लम्सलको हुम्ला, रामप्रसाद भुसालको नुवाकोट र सुदीप पोखरेलको मुगु सरुवा गरिएको छ । यसरी कर्मचारीहरुको सरुवा गर्दा न्यूनतम मानवीय संवेदनासमेत नराखिएको कर्मचारी नेताहरुको गुनासो छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष