भूमि व्यवस्था,सहकारी तथा संघीय मामिला मन्त्रालयले १२ उपसचिव र सात जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी सात जना शाखा अधिकृत सरुवा गर्दा दुई पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । मन्त्रालयले विभिन्न मितिमा ७ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,खार्पुनाथ गाउँपालिकाबाट शाखा अधिकृत (शिक्षा) विष्णु बहादुर शाहीलाई शिक्षा मन्त्रालयमा ल्याएको छ । यस्तै,बहदुरमाई नगरपालिकाबाट शिक्षाकै शाखा अधिकृत बृज किशोर प्रसाद शिक्षा मन्त्रालयमै सरुवा भएका छन् ।
बिज्ञापन
सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट ताम्रराज काफ्लेलाई तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ भने अतिरिक्त समूहका शिवेन्द्रकुमार मण्डललाई सार्वजनिक खरिद अनुगमनको कार्यालय, शारदा नगरपालिका सल्यानबाट ओमप्रकाश देवकोटालाई गुराँस गाउँपालिका,दैलेख पुर्याइएको छ । डिनायट घर्तीलाई भूमि मन्त्रालय,डाक्नेश्वरी नगरपालिकाबाट शिक्षाका विजय कुमार मण्डललाई शिक्षा मन्त्रालयमा ल्याइएको छ ।




























