सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

कर्मचारी सरुवामा हावी हुँदै आएका एक पछि अर्काे विचौलियाहरु प्रहरीको फन्दामा परेका छन् । विगतमा सिंहदरबारमा दिपक भट्टको राज चल्थ्यो । उनको साम्रौज्य ढलिसकेको अवस्था छ । हाल कारागारमा रहेका भट्टसँगै अर्काे एक विचौलिया पनि प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

बिज्ञापन

पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई धम्क्याएको तथा अभद्र व्यवहार गरेको आरोपमा उपेन्द्रबहादुर शाही पक्राउ परेर उनको मुद्धा थप भएको स्थिति छ । प्रहरीले उनलाई मन्त्रालयबाटै पक्राउ गरेको जनाएको छ । सचिव पुडासैनीलाई कार्यकक्षमा गएर दुर्व्यवहार गरेको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। आफूले भनेका मान्छेको सरुवा गर्न तथा ठेक्का दिन दबाब दिँदै शाहीले धम्क्याएको मन्त्रालय स्रोत बताउँछ। उनले सचिवसँगको टेलिफोन कुराकानीको अडियो बनाएर सोही आधारमा समेत ब्लाकमेलिङ गरेको उजुरी परेको थियो ।

बिज्ञापन

पक्राउ परेका शाहीलाई आपराधिक विश्वासघात र एक्सटोर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। अदालतले उनलाई ५ दिन थुनामा राख्न म्याद दिएको छ। विगतमा सहसचिव चक्र बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा व्यापारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने व्यक्ति हुा शाही । शाहीले बूढा महानिर्देशक हुँदा उनकै मोबाइल नम्बरबाट व्यवसायीलाई थर्काएका थिए ।

यस अघि सुशीला कार्की नेतृत्वको सरकार हुँदा समेत शाहीकै दवाव र प्रभावका आधारमा कर्मचारीहरु सरुवा हुने गरेका थिए । उसो त उनै दीपक भट्टझैं सिंहदरबारमा रामचन्द्र भट्टको पनि रजगज थियो । अर्थ,उद्योगदेखि भूमिका सचिव,सहसचिवमात्र होइन तल्ला तहका कर्मचारीको सरुवामा समेत पूर्व सहसचिव रामचन्द्र भट्टको साम्राज्य चल्दै आएकोमा दीपक भट्ट कारागार पुगेसँगै सिंहदरबारबाट पूराना विचौलियाको सम्राज्य ढलेको छ । यसरी पूरानाको साम्राज्य ढले पनि पछिल्लो समय अनिल वानिँया टाइपका पात्रहरु कर्मचारी सरुवामा हावी हुन थालेको प्रशासकहरु टिप्पणी गर्दछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

बिशेष