माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

मेरिटोक्रेसीको चर्काे वकालत गरेको वालेन सरकारका एक पछि अर्काे नियुक्तिहरु विवादमा परेका छन् । विश्वविद्यालयका प्रध्यापक नियुक्तिदेखि विभिन्न निकायमा सैनिक पृष्टभूमिका विवादित व्यक्तिहरु नियुक्ति गरिरहेको सरकारको पछिल्लो नियुक्ति समेत विवादमा परेको छ ।

बिज्ञापन

सरकारले चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्ष पदको जिम्मेवारी डा श्रीकृष्ण गिरीलाई दिइएको छ । आयोगको संस्थापक उपाध्यक्ष रहेका गिरीलाई प्रधानमन्त्री बालेनले हालैमात्र त्यस्तो जिम्मेवारी दिएका हुन । २६ भदौ २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठको कोटाबाट उनलाई नियुक्त गरेका थिए । त्यतिबेला प्रचण्ड र श्रेष्ठनिकट मानिएका गिरिराजमणि पोखरेल शिक्षामन्त्री थिए । सोही समयमा उनी उपाध्यक्ष नियुक्त भएका थिए । सो अवधिमा उनले चार बर्ष काम गरिसकेका छन् ।

बिज्ञापन

एमाले र कांग्रेसको गठबन्धन सरकारले कांग्रेसको कोटाबाट अन्जनीकुमार झालाई नियुक्त गरेको थियो । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेशका कारण झासहितका पदाधिकारी पदमुक्त भएपछि तत्कालका लागि गिरी उपाध्यक्ष नियुक्त भएका हुन् । माओवादी निकट रहेको र माओवादीको सत्ता हुँदा नियुक्ति पाएका उनै गिरीलाई वर्तमान सरकारले उपाध्यक्षमा नियुक्त गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष