तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

अख्तियारले तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बयान फेरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले प्रतिवादी ढुण्डिराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा ती तीनजनालाई सरकारी सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । तर घुस प्रकरणमा अदालतमा बयान फेरेको आयोगले विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार भुक्तानी प्रक्रिया सहज बनाउन विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रूपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रूपैयाँ गरी कूल ५६ हजार ३५० रूपैयाँ घुस दिएको पुष्टि भएको छ । त्यस्तै, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रूपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रूपैयाँ घुस दिएको अख्तियारको दाबी छ । तीन जनाले दिएको कूल घुस रकम ९३ हजार ८५० रूपैयाँ रहेको आयोगले जनाएको छ ।

बिज्ञापन

तर, उनीहरूले गत वैशाख २५ गते विशेष अदालतमा उपस्थित भएर अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि पुनः अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अख्तियारले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) अनुसारको कसुर भएको उल्लेख गर्दै बिगो बराबरको सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष