वेपत्ता सहसचिवलाई कस्को संरक्षण ?

बर्ष दिनदेखि वेपत्ता भएका एक सहसचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च पदस्थहरुको दवावमा जोगाइएको खुलेको छ । एक जना सहसचिव झण्डै एक बर्षदेखि वेपत्ता छन् तर विभागीय मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनी उपर कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

बिज्ञापन

यसरी ती सहसचिवको पक्षपोषणमा सरकारी अधिकारीहरु लाग्नुको पछाडि प्रधानमन्त्रीको सचिवालयको ठाडो दवावले काम गरेको सामान्य प्रशासन स्रोतले जनाएको छ । बर्ष दिनदेखि लापत्ता भएका सहसचिव हुन सहसचिव नरेन्द्रकुमार राना । राना २०८२ जेठ ८ गते अर्थात गत बर्षदेखि रमाना बुझेर हिडेका हुन । उनको सरुवा ०८२ साल बैशाख २ गते लोकसेवा आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा भएको विवरण भेटिन्छ ।

बिज्ञापन

यसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर आएको बर्ष दिन भए पनि उनी सामान्य प्रशासनमा हाजिर हुन आएका छैनन् । जबकी निजामती सेवा ऐन अनुसार कुनै पनि निजामती कर्मचारी जागिरमा ९० दिन अनुपस्थित भए जागिरबाट बर्खास्तीको प्रक्रिया अगाडि बढाइने व्यवस्था छ । ऐन अनुसार विना सूचना ९० दिनभन्दा बढी अनुपस्थित रहेमा त्यस्तो कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी वा अयोग्य ठहरिने गरी पदबाट हटाउन सकिन्छ । जस अनुसार विभागीय मन्त्रालय वा कार्यालयले कारबाहीको रूपमा निजलाई स्पष्टीकरण सोधेर वा प्रक्रिया पु¥याएर बर्खास्त गर्न सक्छ ।
यसरी एक बर्षदेखि एक सहसचिव विना जानकारी अनुपस्थित हुँदा समेत प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संरक्षणका कारण उनको बर्खास्तीको प्रक्रिया रोकिएको हो । रुकुमका राना ०७० भदौमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका हुन । ०७३ जेठमा उपसचिवमा उक्लिएका उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै गृहमा इन्ट्री भए र सोलुखुम्बु र रोल्पाको सिडिओ र रुकुमको जिल्ला समन्वय अधिकारी चलाए । ०७८ सालका सहसचिव राना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी,भरतपुर महानगरपालिका हुँदै अर्थ मन्त्रालयमै हुँदा धितोपत्रको विवादमा मुछिएका पछि लोक सेवा आयोग पुगेका थिए । यस अघि नै उनको बिषयमा अख्तियारमा समेत उजुरी परेसँगै अख्तियारले समेत खोजबिन गरिरहेको भए पनि विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक शाखाले ती सहसचिव लामो समयदेखि सम्पर्कमा नरहेको स्वीकार गरेको छ । बर्षदिनदेखि सम्पर्क विहिन भएका ती सहसचिवको निलम्बन प्रक्रिया अगाडि नबढाइ मन्त्रालयले भने उनको संरक्षण गरिरहनुको पछाडि उच्च प्रशासकहरुको संरक्षण मुख्य कारण रहेको सामान्य स्रोतले जनाएको छ ।

सामान्यका कर्मचारीहरुका अनुसार शुरुमा उनले विदाका लागि आवेदन दिएका थिए तर केही समय पछाडि नै सो विदेशी विश्वविद्यालयमा नपढ्ने भन्दै उनले निवेदन फिर्ता लिएका थिए । त्यस पछि विना जानकारी सम्पर्क विहिन भएका उनको निलम्बन प्रक्रिया अगाडि नबढाई मन्त्रालयले संरक्षण गरिरहेको आवाज कर्मचारी वृत्तबाटै उठ्न थालेको छ । खरिदार,सुब्बा,अधिकृत तहका कर्मचारीहरु ९० दिनभन्दा बढी गैर हाजिरीमा रहे निलम्बनको प्रक्रिया अगाडि बढाउने सरकारले सहसचिव रानाको हकमा किन बढाइएन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राना गैरहाजिरीमा रहेको ९० दिन नपुगेको जबाफ दिएको छ । यस अघि नै रानाको निलम्बन प्रक्रिया अगाडि बढाउन भन्दै सामान्य प्रशासनबाट टिप्पणी उठ्न लागेकोमा अन्तिममा रोकिएको सामान्य प्रशासनका कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

वेपत्ता सहसचिवलाई कस्को संरक्षण ?

न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबीचको विवाद समाधान गर्न मन्त्रालयले बनायो समिति

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य ४ निर्णय

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

श्रमिकको न्यूनतम तलबमान तीस हजार घोषणा गर्न माग

धितोपत्र वोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

बिशेष