न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

काठमाडौं — उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको न्युरोडस्थित एक गोदाममा छापा मार्दै ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। विशेष सूचनाका आधारमा सोमबार साँझ गरिएको उक्त कारबाहीमा करिब २८ हजार ५ सय थान भेप फेला परेको प्रहरीले जनाएको छ।

बिज्ञापन

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामक पसलसँग सम्बन्धित दुईवटा गोदाममा छापा मारिएको हो। बरामद गरिएका सबै सामग्रीलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

बिज्ञापन

प्रहरीले अवैध रूपमा भेपको कारोबार तथा निर्यातमा संलग्न रहेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरेको छ।

बरामद भेपको बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबीचको विवाद समाधान गर्न मन्त्रालयले बनायो समिति

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य ४ निर्णय

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

श्रमिकको न्यूनतम तलबमान तीस हजार घोषणा गर्न माग

धितोपत्र वोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

फाइल खरानी हुँदा लेखापरीक्षण प्रभावित,१७९ कार्यालयको जिम्मा कस्ले लिने ?

कर्मचारी ट्रेड युनियनका नेताहरुलाई गृहजिल्लामै खटाउने गृहकार्य

बिशेष