आजको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति,आयोगको प्रतिवेदन सार्वजनिक गर्ने,धानको मूल्य तोक्ने लगायतका केही महत्वपूर्ण निर्णय गरेको छ ।
बिज्ञापन
अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई महानिर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई यस अघि सुशीला कार्कीको अन्तरिम सरकारले डंगोललाई क्यानको महानिर्देशक नियुक्त गरेको थियो । तर सोही क्याविनेटका अनिल सिन्हाले तीन साता नबित्दै उनलाई फिर्ता गरेका थिए । क्यानका महानिर्देशक बन्नका लागि २१ जनाले आवेदन दिएकोमा सरकारले पर्यटन मन्त्रालयकै सहसचिव डंगोललाई महानिर्देशकमा नियुक्त गरेको हो ।
यस्तै सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ भने कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३ ८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू ३ हजार ६ सय ६० र मध्यम धानको प्रति क्वीन्टल रु ३ हजार ८ सय ६० तोकेको छ ।
यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ।






























