सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सवारी चालकसँग मिलेर कर्मचारीहरुले बदमासी गरिरहेको खुलेको छ । सो पालिकामा दुई दशकभन्दा बढी समयदेखि प्रमुख जिल्ला अधिकारीको सवारी चालकको रुपमा कार्यरत रहेका करारका कर्मचारीहरुसँग मिलेर प्रशासन र लेखा फाँटका कर्मचारीहरुले समेत बदमासी गरिरहेको तथ्य सेवाग्राहीले गुनासो गरेका छन् ।
दूरदराजबाट सेवा लिन पुगेका सेवाग्राहीलाई प्रशासनबाट निशुल्क उपलव्ध हुने सेवामा समेत सशुल्क बनाइएको र त्यसका लागि शुल्क लिने माध्यम सवारी चालकलाई बनाइएको सेवाग्राहीहरुले बताएका छन् । विद्यमान निजामती सेवा ऐनले स्थायी कर्मचारीहरुको उमेर हद ५८ कायम राखेको छ तर सो प्रशासनमा कार्यरत सुरेन्द्र बहादुर पुरीको नागरिकता अनुसार,उनी ६५ बर्ष पूरा भइसकेका छन् । यद्यपि उनै पुरी प्रमुख जिल्ला अधिकारीको चालकको रुपमा राखिएको छ । ६५ बर्ष उमेर पूरा भइसकेको तिनै पुरीले सरकारी कोषबाट नियमित तलब भत्ता खुवाइरहनुको कारण खोतल्दै जाँदा खुल्छ,प्रशासन नजिकै रहेको एउटा टहरा ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयबाट निशुल्क उपलव्ध हुने राहदानी,मतदाता परिचयपत्र,राष्ट्रिय परिचयपत्रको अनलाइन फारामदेखि विभिन्न प्रकारको निवेदन फाराममा समेत शुल्क उठाइने काम भइरहेको सेवाग्राहीको गुनासो छ । सो प्रशासन नजिकै रहेको टहराबाट राहदानी,मतदाता परिचयपत्र,राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने गरिन्छ । कतिपय जिल्ला प्रशासनका कर्मचारीहरुले निशुल्क र प्रशासनभित्रै उपलव्ध हुने सेवामा समेत यहाँ उपलव्ध छैन,मेसिन विग्रिएको छ र टहरामा उपलव्ध हुन्छन् भन्दै त्यतै पठाउने गरेको जानकारहरु बताउँछन् । यसरी यस्ता सेवाहरु लिनका लागि दुई सय देखि तीन सयसम्म असुल्दै आएको सेवाग्राहीहरुको गुनासो छ । यस्तै विभिन्न प्रकारको निवेदन शुल्क २ सयसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो पछि यस बिषयमा प्रशासनकै कर्मचारीहरुसँग सोधखोज गर्दा तिनै सवारी चालकले विगत लामो समयदेखि प्रशासन नजिकै पसल चलाउँदै आएको र त्यहीँका कर्मचारीहरुको मिलेमतोमा निशुल्क हुने सेवालाई समेत चालकलाई प्रयोग गरी शुल्क उठाइँदै आएको छ ।

बिज्ञापन

तिनै चालकलाई प्रयोग गरेर प्रशासन र लेखाको कर्मचारीहरुको मिलेमतोमा जिल्ला प्रशासन कार्यालयबाट निशुल्क उपलव्ध हुने सेवा शुल्क उठाइँदै आएको र सो कामका लागि तिनै पुरीलाई प्रयोग गरिएको जिल्ला प्रशासनका कर्मचारीहरुले समेत पृष्टि गरेका छन् ।

बिज्ञापन

सो प्रशासन नजिकै सरकारी जग्गामा बनेको टहरोमा उनले बर्षाैदेखि पसल चलाउँदै आएको भए पनि सो पसलको कुनै भाडा समेत नतिरेको,उल्टै सो पसलको विजुली,पानीको बिल समेत जिल्ला प्रशासन कार्यालयबाटै भुक्तानी हुँदै आएको समेत जिल्ला प्रशासन सम्बद्ध स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे सिडिओ भएर गएका छन्। कारागार व्यवस्थापन विभागबाट उनी सिन्धुपाल्चोकको सिडिओ भएर गएका हुन्। गत कार्तिकमा घिमिरे नुवाकोटबाट कारागार व्यवस्थापन विभागमा महानिर्देशक भएर आएका थिए। सिन्धुपाल्चोकका सिडिओ रामकृष्ण अधिकारी कोशी प्रदेश सरूवा भएर गएपछि गृहले शशिघर घिमिरेलाई सिन्धुपाल्चोक प्रशासनको कमाण्डर तोकेको हो । उनले आजै रमाना लिन लागेको प्रशासन स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष