युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

रसुवामा २०७९ सालमा सान्जेन हाइड्रोपावरमा भएको तोडफोड तथा प्रहरीमाथि आक्रमण घटनामा संलग्न रहेको आरोपमा युवा सङ्घ नेपालका सचिवालय सदस्य सज्जन लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले उनलाई २०८३ जेठ ६ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार २०७९ साउन २९ गते सान्जना हाइड्रोपावरमा तोडफोड गरिएको थियो। घटनाका क्रममा आयोजनासँग सम्बन्धित गाडीहरूमा क्षति पुर्‍याइनुका साथै नेपाल प्रहरीका चार जना कर्मचारी घाइते भएका थिए। त्यसपछि उक्त घटनामा संलग्न रहेको आरोपमा अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

बिज्ञापन

मुद्दा दर्ता भएपछि चार जना विभिन्न मितिमा पक्राउ परिसकेका थिए भने बाँकी आरोपितहरू फरार सूचीमा रहेका थिए। प्रहरीका अनुसार सज्जन लामाले आमाछोदिङ्मो गाउँपालिका–गत्लाङ क्षेत्रमा उक्त समूहको नेतृत्व गरेका थिए। उनीसहित कुल २८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। हालसम्म २४ जना फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामा नेकपा एमाले निकट युवा सङ्घ नेपालका सचिवालय सदस्य हुन्। उनी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको तयारीमा रहेका बताइएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाले घटनासँग सम्बन्धित अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष