मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

मेलम्ची खानेपानी आयोजनाविरुद्ध स्थानीयको आक्रोश फेरि चुलिएको छ। आयोजनाबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै पीडित स्थानीयले आयोजनाका दुई वटा सवारीसाधन नियन्त्रणमा लिएका छन्।

बिज्ञापन

बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो। बाहुनेपाटी क्षेत्रका स्थानीयले जग्गा भाडा तथा विभिन्न सामग्री आपूर्तिबापतको रकम वर्षौँसम्म नपाएको भन्दै विरोधस्वरूप गाडी नियन्त्रणमा लिएको बताएका छन्।

बिज्ञापन

पीडित उत्तर श्रेष्ठका अनुसार आयोजनाले स्थानीयको जग्गा प्रयोग गरेबापतको भाडा र सामान सप्लाई गर्ने भेन्डर्सलाई दिनुपर्ने करोडौँ रुपैयाँ अझै भुक्तानी गरेको छैन। पटक–पटक सरकार तथा आयोजनासँग छलफल भए पनि रकम उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयन नभएको उनको गुनासो छ।

भुक्तानीको माग गर्दै स्थानीयले यसअघि पनि पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। रकम नपाउँदा आयोजनाको मुहान क्षेत्र आसपास समय–समयमा तनावको अवस्था सिर्जना हुने गरेको स्थानीयको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष