राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

रसुवाको उत्तरी नाका हुँदै अवैध रूपमा भित्र्याइएका ठूलो परिमाणका भेप (विद्युतीय चुरोट) बरामद गरिएको छ। मुस्ताङको कोरला नाकामा ठूलो परिणाममा भेप बरामद भएको केही दिनमै रसुवामा पनि १२२५ थान भेपसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब १ः३० बजे गोसाईकुण्ड गाउँपालिका–१ दालफेदीस्थित मम्माया तामाङको घरमा छापा मारेको थियो। घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा “ELFBAR ICE KING (30K puffs)” लेखिएका १२२५ थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

बरामद गरिएको भेपको अनुमानित मूल्य ३६ लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रसुवाकी ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छो माया तामाङ, धादिङका ४० वर्षीय केशबहादुर गुरुङ, २५ वर्षीय सहिन गुरुङ, बाजुराका २५ वर्षीय सागर खत्री, नुवाकोटका २७ वर्षीय सुबास तामाङ तथा ओखलढुंगाका २६ वर्षीय नेत्रबहादुर थापा मगरलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय उत्तरी नाकाहरू हुँदै भेप, सुन तथा अन्य अवैध सामग्रीको तस्करी बढ्दै गएको चर्चा भइरहेका बेला यो घटना सार्वजनिक भएको हो। विशेषगरी राजस्व अनुसन्धान विभाग खारेज भएपछि तस्करी नियन्त्रण कमजोर बनेको भन्दै सुरक्षा तथा प्रशासनिक वृत्तमै प्रश्न उठ्न थालेको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय टिमुरेका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले बरामद सामग्री र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष