बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

लोक सेवा आयोगले विभिन्न सेवातर्फ सात जना सहसचिव नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले नेपाल प्रशासन सेवा,लेखापरीक्षण,न्याय र संघीय संसद सेवा गरी सात जना कर्मचारीहरु सहसचिवमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

जस अनुसार,सेवातर्फ विजयकुमार शर्मा र टेकबहादुर वली खुलातर्फबाट सहसचिव नियुक्तिका लागि सिफारिस हुँदा महिला कोटाबाट आरती न्यौपाने र वसन्तबहादुर बोहरा पिछडिएको क्षेत्रतर्फबाट सिफारिस भएका छन् । यस्तै, लेखा परीक्षण सेवातर्फ नरेन्द्र सञ्ज्याल सहसचिव नियुक्तिका लागि सिफारिस हुँदा न्याय सेवा,कानुन समूहअन्तर्गत मधेसी कोटाबाट नूतन झा र सङ्घीय संसद् सेवाको प्रशासन समूहतर्फ विशाल सापकोटा सहसचिव नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यसरी सहसचिवमा सिफारिस भएकामध्ये बसन्त बोहरा पनि छन । उनी पिछडिएको क्षेत्रबाट सहसचिवमा नियुक्तिका लागि सिफारिस भएका हुन । २० दिन अगाडि उपसचिवको दरबन्दी रहेको श्रम सहचारीमा छनौंट भएका थिए उनी । मन्त्रालयले गत वैशाख १४ मा संयुक्त अरब इमिरेट्सको श्रम सहचारीमा छनौट गरिएको थियो । सहसचिवमा बढुवा भएसँगै उनको यूएइको यात्रा रोकिने स्थिति बनेको छ । श्रम मन्त्रालयले बैकल्पिकको सूचीमा राखेका उपसचिव मेघनाथ रिमालको भाग्य चम्कने स्थिति बनेको छ । डलरमा तलब भत्ता थाप्ने पाइने भएका कारण श्रम सहचारीलाई आकर्षक पदका रुपमा हेरिदैं आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

बिशेष