सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण दाखिला गर्नुपर्ने कर्मचारीका लागि “डिजिटल डकुमेन्ट एक्सेस सेवा” सञ्चालनमा ल्याएको छ। विभागले समर्पित ह्वाट्सएप नम्बर र इमेल सार्वजनिक गर्दै पहिलो चरणमा बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीलाई यही माध्यमबाट तलबीय आम्दानी विवरण उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।

बिज्ञापन

विभागका महानिर्देशक श्रवण कुमार पोखरेल ले ९७६८५३४०८२ नम्बरको ह्वाट्सएप तथा [email protected] इमेलमार्फत सेवा लिन सकिने जानकारी दिएका छन्। उनले अब उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा पेन्सनर कर्मचारीलाई भौतिक रूपमा किताबखाना धाउन नपर्ने बताएका छन्।
सम्पत्ति छानबिन आयोग–२०८३ ले विशिष्टदेखि उपसचिव तहसम्मका कर्मचारीको सम्पत्ति छानबिनलाई पहिलो चरणको दायरामा समेटेकाले लक्षित कर्मचारीको सहजताका लागि विभागले एक महिनाका लागि “डिजिटल डकुमेन्ट एक्सेस सेवा” सञ्चालनमा ल्याएको महानिर्देशक पोखरेलले जानकारी दिए।

बिज्ञापन

सेवा लिन बहालवाला तथा निवृत्त कर्मचारीले आफ्नो नाम, पद र संकेत नम्बर ह्वाट्सएप नम्बर ९७६८५३४०८२ मा वा [email protected] मा पठाउनुपर्नेछ। त्यसपछि प्रणालीबाट सिर्जित तलबीय आय विवरण उपलब्ध गराइने विभागले जनाएको छ। यस कार्यका लागि विभागले दुई जना समर्पित कर्मचारीसमेत खटाएको छ।

विभागका अनुसार यस सेवाबाट कर्मचारीले आफ्नो नियमित काम छोडेर किताबखाना धाउनुपर्ने बाध्यताको अन्त्य हुने तथा दुर्गम क्षेत्रमा रहेका कर्मचारीसमेत लाभान्वित हुने विश्वास गरिएको छ।
पहिलो चरणको छानबिनको दायराभित्र संघ र प्रदेशतर्फका करिब १३ हजार ३२४ बहालवाला कर्मचारी पर्ने अनुमान गरिएको छ। त्यति नै संख्यामा निवृत्त कर्मचारीसमेत रहने विभागको अनुमान छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको ‘डिजिटल डकुमेन्ट एक्सेस सेवा”

सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

६ सहसचिव र दुई उपसचिवको सरुवा,कारागारका महानिर्देशक फेरिए

६ सहसचिव र २ उपसचिवको सरुवा

बिशेष