सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङ प्रकरणमा निलम्बनमा परेका सहसचिव तीर्थराज भट्टराईको पक्षमा अदालतमा बकपत्र गर्ने ट्राभल एजेन्सीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल सरकार वादी र तीर्थराज भट्टराई समेत प्रतिवादी भएको घुस-रिसवत लिई दिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ सम्बन्धी कसुर मुद्दामा साक्षीका रूपमा पेस गरिएका दिपक थापाले अदालतमा बयान फेरेका थिए ।

बिज्ञापन

अदालतमा बयान फेरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको फेदीखोला गाउँपालिका–३ का थापाउपर मुद्दा दर्ता गरेको हो । यो काण्डमा अख्तियारले गत मंसिर २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई कम्पनीउपर भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा मुद्दा चलाएको थियो ।

बिज्ञापन

थापाले सुरुमा अनुसन्धानमा सहयोग गरेपछि अख्तियारले मुद्दाको साक्षी बनाएको थियो। उनले भिजिट भिसामा हुने सहसचिव भट्टराईमार्फत हुने सेटिङ र त्यसको कारोबारका विषयमा अख्तियारलाई जानकारी दिएका थिए। विशेष अदालतमा बकपत्र गर्नेक्रममा त्यसको प्रतिकूल हुने गरी बताएपछि आयोगले उनलाई मुद्दा दायर गरेको हो।डीएमसी ट्रेभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर रहेका थापाले विशेष अदालत, काठमाडौँमा उल्टो बकपत्र गरेपछि अख्तियारले उनी विरुद्ध नै मुद्दा चलाएको हो ।

मुख्य कसुरदारले गरेको भ्रष्टाचार जन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई थापाले कसुर गरेको पुष्टि हुन आएको छ । मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन बमोजिम निर्देश गरे अनुसार बिगो ३० लाख २० हजार रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिबाना तथा बिगो रकम जफतरअसुल हुने सजायलाई आधार मानिएको छ ।
सहसचिव भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख हुँदा ट्राभल एजेन्सीसँग मिलेर दिनमै लाखौँ असुल्ने गरेको छानबिनमा खुलेको थियो। सो पैसा उनले विभिन्न व्यक्तिको नाममा राखेको खुलेपछि भ्रष्टाचारसँथै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएकोमा छ। जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सम्पति बिवरण दाखिला गर्नु पर्ने कर्मचारीलाई कितावखानाको Digital Document Access Service

सरकारी साक्षीलाई अख्तियारले बनायो प्रतिवादी

मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

संसदीय सुनुवाई,अनुमोदन,शपथदेखि पदभार एकै दिन

६ सहसचिव र दुई उपसचिवको सरुवा,त्रिवि अध्यागमन र कारागारका महानिर्देशक फेरिए

६ सहसचिव र २ उपसचिवको सरुवा

बिशेष