मन्त्रिपरिषद् बैठकका सात निर्णय :ऐन,नियमावली संशोधनदेखि वैदेशिक अनुदान स्वीकारसम्म

मन्त्रिपरिषद्को बैठकले विभिन्न,ऐन नियमावली स्वीकृत गरेको छ । आज साँझ बसेको क्याविनेटले प्रत्यायन नियमावली २०८३,सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३,  कार्यविभाजन नियमावली २०८३ अनुसार हुनेगरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने,नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै,नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६ दशमलव ११६ मिलियन स्वीस अनुदान स्वीकार गर्ने र अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९ दशमलव ३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै क्याविनेटले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरुको विवरण रुजु गरी प्रतिपरिवार पुनस्थापना खर्च बापत रु २५००० एकमुस्ट प्रदान गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

जोखिमयुक्त बस्तीबाट हटाइएकाहरुलाई बैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न ५ सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार प्रतिमहिना र सो भन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप रु २००० प्रतिमहिनाको दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष