‘सुन फल्ने शाखा’मा उपसचिवको आँखा

पढाईमा अब्बल एक जना उपसचिवलाई प्रधानमन्त्री सचिवालयकै अग्रसरतामा गृहबाट उद्योगमा लगियो । केही बर्ष अगाडि भएको उपसचिव तहको परीक्षामा खुला तथा आन्तरिक तहको परीक्षमा प्रशासन, राजस्व र लेखा गरी ६ ठाउँमा नाम निकाल्न सफल र पढाइमा अब्बल कर्मचारीका रुपमा चिनिएका स्याङ्जा स्थायी ठेगना भएका छविलाल पौडेललाई प्रधानमन्त्री वालेन्द्र साहको प्रशासनिक सल्लाहकार सुवाष शर्माहरुको जोडबलमा उद्योगमा लगिएको थियो । पौडेललाई गृहबाट उद्योगमा लौजनुको कारण थियो, वर्षौंदेखि थलिएका उद्योगलाई उद्योग पुनर्जीवित दिने र सोको नेतृत्व तिनै उपसचिव पौडेललाई दिने तयारी थियो ।

बिज्ञापन

लामो समयदेखि बन्द वा समस्याग्रस्त री हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग सञ्चालन सरकारको प्राथमिक एजेन्डामध्ये एक बनाइएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यी दुई उद्योगलाई पुनर्जीवन दिन सक्ने “सक्रिय र सक्षम” कर्मचारी खोज्ने  क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार सुभाष शर्माको विशेष पहलमा गृह मन्त्रालयमा कार्यरत उपसचिव छविलाल पौडेललाई उद्योग मन्त्रालयमा ल्याइएको थियो ।
तर गृहबाट उद्योगमा प्रवेश गरेपछि  पौडेलको प्राथमिकता उद्योग पुनर्जीवन नभई व्यापार तथा डब्लुटिओ (विश्व व्यापार संगठन) शाखातर्फ केन्द्रित भएको उद्योग मन्त्रालयका कर्मचारीहरुले बताउन थालेका छन् । मन्त्रालय स्रोतका अनुसार उद्योग सञ्चालन, व्यवस्थापन सुधार, उत्पादन वृद्धि वा बन्द उद्योगको पुनर्संरचनाभन्दा पनि पौडेलले सुरुबाटै व्यापार शाखामा पुग्न विभिन्न शक्ति केन्द्र प्रयोग गरिरहेका छन्।

बिज्ञापन

उद्योग मन्त्रालयका सचिव कृष्ण राउतले भने ‘पौडेललाई व्यापार शाखा नभई हिजो मात्र प्रशासन शाखाको जिम्मेवारी दिइएको’ बताएका छन्। तर मन्त्रालयभित्र भने उनलाई डब्लुटिओसम्बन्धी शाखामा पुर्‍याउन राजनीतिक र प्रशासनिक दबाब व्यापक रहेको दावी गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार पौडेलको रुचि उद्योग प्रशासनमा भन्दा अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक पोस्टिङमा बढी रहेको आरोप छ। उनी शाखा अधिकृत हुँदा पनि वाणिज्य क्षेत्रमै बसेका थिए। विशेषगरी डब्लुटिओ शाखालाई मन्त्रालयभित्र सबैभन्दा आकर्षक र प्रभावशाली शाखामध्ये एक मानिन्छ। उक्त शाखामा बसेपछि भाषा तालिम, अन्तर्राष्ट्रिय सेमिनार, विदेश भ्रमण र विशेषगरी स्वीट्जरल्याण्डको जेनेभास्थित स्थायी नियोगमा पोस्टिङ हुने सम्भावना उच्च रहने भएकाले कर्मचारीहरूबीच त्यो शाखामा पुग्न तीव्र प्रतिस्पर्धा हुने गरेको छ।

बिज्ञापन

जेनेभा पोस्टिङमा रहेका कर्मचारीले मासिक चारदेखि पाँच लाख रुपैयाँसम्म सुविधा र आम्दानी प्राप्त गर्ने अवस्था हुन्छ। त्यसैले मन्त्रालयभित्र डब्लुटिओ शाखालाई “सुन फल्ने शाखा”का रूपमा समेत हेर्ने गरिएको कर्मचारीहरू बताउँछन्। हाल उक्त जिम्मेवारीमा लीलाधर अधिकारी कार्यरत छन्। तर पौडेल भने विभिन्न शक्ति केन्द्र प्रयोग गरेर त्यही शाखामा पुग्न सक्रिय रहेको आरोप मन्त्रालयभित्र खुलेआम हुन थालेको छ।

उद्योग मन्त्रालयकै केही कर्मचारीहरू प्रधानमन्त्री बालेन शाहलाई “उद्योग पुनर्जीवन”को सपना देखाएर अन्ततः व्यक्तिगत करिअर र वैदेशिक पोस्टिङ सुरक्षित गर्ने खेल भएको टिप्पणी गर्न थालेका छन्। “उद्योग चलाउने भनेर ल्याइएको व्यक्ति उद्योगतिर भन्दा जेनेभा जाने बाटो खोज्न व्यस्त देखिन्छ,” मन्त्रालयका एक कर्मचारीले भने, “प्रधानमन्त्री कार्यालयले उपसचिव पौडेललाई जुन उदेश्यले उद्योगमा पठाएको हो , अहिले त्यो उद्देश्य नै ओझेलमा परेको छ।”

उद्योग क्षेत्रका जानकारहरू भने सरकारले उद्योग पुनर्जीवनलाई गम्भीर रूपमा लिन नसके यस्ता सरकारी उद्योगहरू झन् संकटमा जाने चेतावनी दिन्छन्। उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योग दुवै लामो समयदेखि आर्थिक, व्यवस्थापकीय र राजनीतिक हस्तक्षेपका कारण समस्यामा छन्। उत्पादन घट्ने, कर्मचारी व्यवस्थापन बिग्रिने, कच्चा पदार्थ आपूर्तिमा समस्या आउने र नेतृत्व तहमा बारम्बार हस्तक्षेप हुने कारण यी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

यस्तो अवस्थामा उद्योग सुधारको स्पष्ट योजना, अनुभवी नेतृत्व र नतिजामुखी प्रशासन आवश्यक पर्नेमा मन्त्रालयभित्र भने पोस्टिङ, प्रभाव र वैदेशिक अवसर केन्द्रित दौड बढिरहेको भन्दै कर्मचारीहरू नै असन्तुष्ट देखिएका छन्। प्रधानमन्त्रीले सार्वजनिक रूपमा उद्योग बचाउने प्रतिबद्धता जनाइरहेका बेला मन्त्रालयभित्र भने “उद्योगभन्दा पोस्टिङ प्यारो” मानसिकता हाबी भएको टिप्पणी हुन थालेको छ।उसो त सुशासनलाई केन्द्रविन्दुमा राखेको वालेन सरकारका स्वकीयहरुले कर्मचारीहरुको सरुवामा यसैगरी बदनियत राख्दै आएको चर्चा अहिले सिंहदरबारका कर्मचारीमाझ सुन्न पाइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहलाई पत्राचार गरेपछि ल्हारक्याल लामाले बुझाए गाडी

‘सुन फल्ने शाखा’मा उपसचिवको आँखा

भक्तपुर मालपोतमा कृष्ण नेपाल–पवन भट्टराईको दबदबा

प्रदेश र स्थानीय तहका कर्मचारीलाई समान तह र पदमा संघमा जान रोक

उपसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

हिरासतमा रहेका अग्रवालको हातमा आइप्याड,प्रहरी प्रमुखको भूमिका शंकास्पद्

अर्थ पछि श्रमका कर्मचारीलाई सामाजिक सञ्जाल सञ्चालनमा लगाम

पाँच लाख घुससहित रंगेहात समातिएका सुब्बाविरुद्ध मुद्धा दायर

बिशेष