सरुवा भएको एक महिना बित्दा पनि भक्तपुरका सीडीओ ढकालले लिएनन् रमाना

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल को सरुवा भएको करिब एक महिना बितिसक्दा पनि उनले अझै रमाना लिएका छैनन्। गृह मन्त्रालयले वैशाख दोस्रो सातामै उनलाई बागमती प्रदेशमा सरुवा गरेको थियो। तर, हालसम्म पनि उनी भक्तपुरमै कार्यरत छन्।

बिज्ञापन

सिंहदरबारको नाकैमा रहेको महत्वपूर्ण जिल्ला भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा निर्णय कार्यान्वयन हुन नसक्दा सरकारको प्रशासनिक निर्णय क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ। गृह मन्त्रालयले वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाउने नीतिअनुसार ढकालको सरुवा गरिएको जनाएको भए पनि उनी यसअघि पनि प्रदेशमा काम गरिसकेकाले पुनः प्रदेश जान अनिच्छुक देखिएको स्रोतको दाबी छ।

बिज्ञापन

स्रोतका अनुसार ढकाल अहिले सरुवा बदर गराउने प्रयासमा सक्रिय छन्। प्रधानमन्त्री वालेन्द्र शाह ले गृह मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका बेला गृह प्रशासनकै महत्वपूर्ण निर्णय कार्यान्वयनमा ढिलाइ हुनु अर्थपूर्ण रूपमा हेरिएको छ।

निजामती सेवा ऐन, २०४९ अनुसार सरकारले खटाएको स्थानमा हाजिर हुन नजाने कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने व्यवस्था छ। तर, ढकालको हकमा भने हालसम्म कुनै कारबाही प्रक्रिया अघि बढाइएको छैन।

बिज्ञापन

उनीसँगै सरुवा भएका अन्य प्रमुख जिल्ला अधिकारी भने नयाँ जिम्मेवारीमा हाजिर भइसकेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई ५८ वर्षे उमेर हदका कारण वैशाख २५ गतेदेखि अनिवार्य अवकाशमा गइसकेका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी कोशी प्रदेशमा सरुवा भएर गइसकेका छन्। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएर कोशी प्रदेश पुगिसकेका छन्।

तर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी ढकालले भने अझै रमाना नलिँदा गृह प्रशासनभित्रै निर्णय कार्यान्वयनको कमजोरी सतहमा आएको टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राज्यका महत्वपूर्ण निकायमा पूर्वसैनिक हाबी

उत्तम केसीको नेतृत्वमा कलाकार संघमा नयाँ कार्यसमिति

सरुवा भएको एक महिना बित्दा पनि भक्तपुरका सीडीओ ढकालले लिएनन् रमाना

२८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा

भेपपछि अब उत्तरी नाकाबाट सुन तस्करी बढ्ने: कसले रोक्ने ?

सरकारलाई सूचना दिँदा पाइन्छ ३० प्रतिशतसम्म पुरस्कार, यस्तो छ लिने तरिका

राजस्व अनुसन्धान विभाग खारेजपछि तस्करको राज, राज्यको अर्बौं राजस्व जोखिममा

दाइको आवेदन भाइको राजीनामा,संयोजक तोकिए आचार्य

बिशेष