भेपपछि अब उत्तरी नाकाबाट सुन तस्करी बढ्ने: कसले रोक्ने ?

भारत सरकारले सुन तथा चाँदीको आयातमा कडाइ गरेपछि नेपाल हुँदै तस्करी बढ्न सक्ने संकेत देखिएको छ। विशेषगरी चीनबाट नेपाल भित्र्याएर भारतसम्म पुर्‍याउने अवैध नेटवर्क सक्रिय हुनसक्ने भन्दै सुरक्षा तथा राजस्व निकायमा चिन्ता बढेको छ।

बिज्ञापन

भारतले पछिल्लो समय सुनमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ भने सिल्भर बार आयातमा समेत कडाइ गरेको छ। पश्चिम एसियामा जारी तनाव, कच्चा तेलको बढ्दो मूल्य र विदेशी मुद्रा सञ्चितिमाथिको दबाबका कारण भारत सरकारले यस्तो कदम चालेको हो।

बिज्ञापन

भारत विश्वकै ठूलो सुन आयातकर्ता मुलुकमध्ये एक हो। तेल र ग्यासजस्तै सुन तथा चाँदीको आयात पनि अमेरिकी डलरमा हुने भएकाले बहुमूल्य धातुको अत्यधिक आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब बढाउने भारतीय अधिकारीहरूको निष्कर्ष छ। आयात बढ्दा व्यापार घाटा बढ्ने, भारतीय रुपैयाँ कमजोर हुने र समग्र अर्थतन्त्र प्रभावित हुने भएकाले भारत सरकारले सुन–चाँदीको आयात घटाउने रणनीति अघि सारेको हो।

यही कडाइका कारण अब चीनबाट नेपाल हुँदै भारतसम्म सुन तथा चाँदी तस्करी हुने सम्भावना बढेको जानकारहरू बताउँछन्। विशेषगरी उत्तरी नाका कोरला, तातोपानी, रसुवागढी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उच्च जोखिममा रहेको देखिएको छ।

बिज्ञापन

पछिल्लो समय मुस्ताङको कोरला नाकाबाट ठूलो परिमाणमा चिनियाँ इलेक्ट्रोनिक चुरोट (भेप) बरामद भएको घटनाले पनि नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ अवैध सामान पठाउने गिरोह सक्रिय रहेको संकेत दिएको छ। भेपको मुख्य बजार भारत नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अब यही सञ्जालमार्फत सुन तथा चाँदी तस्करी हुनसक्ने आशंका गरिएको छ।

सुरक्षा स्रोतका अनुसार तस्कर समूहले अनुकूल समय, कमजोर निगरानी र उच्च तहसम्मको ‘सेटिङ’ मिलाएर तस्करी प्रयास गर्ने सम्भावना उच्च छ। सीमावर्ती नाकामा हुने न्यून जाँच, कठिन भौगोलिक अवस्था र अन्तरदेशीय गिरोहको सक्रियताले जोखिम झन् बढाएको बताइन्छ।

यसैबीच, राजस्व अनुसन्धान विभाग खारेज गरिएपछि तस्करी नियन्त्रण कमजोर बनेको आरोप पनि उठ्न थालेको छ। विभाग सक्रिय हुँदा राजस्व चुहावट, सुन तस्करी, अवैध आयात–निर्यात तथा संगठित आर्थिक अपराधमा निगरानी हुने गरेको थियो। तर विभाग खारेजीपछि समन्वित अनुसन्धान र निगरानी कमजोर बन्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

विशेषज्ञहरूका अनुसार भारतको आयात कडाइले अवैध बजारलाई थप आकर्षित गर्ने भएकाले नेपालले उत्तरी नाका, विमानस्थल तथा भन्सार प्रणालीमा निगरानी कडा नगरे निकट भविष्यमै ठूलो परिमाणमा सुन–चाँदी तस्करी मौलाउन सक्ने खतरा बढेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

बिशेष