डिजिटल कर्मचारी प्रोफाइल निर्माण अभियानमा स्टाफ कलेज पहिलो

राष्ट्रिय किताबखानाले निजामती कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गर्ने उद्देश्यसहित विभिन्न तालिम प्रदायक संस्थासँग अघि बढाएको सेवा अन्तर–आबद्धता प्रणाली कार्यान्वयनमा स्टाफ कलेज जावलाखेल पहिलो स्थानमा देखिएको छ।

बिज्ञापन

कर्मचारीहरूको तालिमसम्बन्धी विवरण सम्बन्धित तालिम प्रदायक संस्थाबाटै स्वतः अद्यावधिक हुने व्यवस्था मिलाउन राष्ट्रिय किताबखाना र १० वटा तालिम प्रदायक संस्थाबीच समझदारीपत्र (एमओयू) सम्पन्न गरिएको थियो। उक्त व्यवस्था अन्तर्गत किताबखानाले पीआईएस प्रणालीभित्र रहेको तालिम मोड्युल सञ्चालन तथा व्यवस्थापनको पहुँच सम्बन्धित संस्थाहरूलाई उपलब्ध गराएको थियो।

बिज्ञापन

महानिर्देशक श्रवणकुमार पोखरेलले कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल निर्माण गर्ने प्रभावकारी उपायका रूपमा सेवा अन्तर–आबद्धताको मोडललाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै विभिन्न संस्थासँग समझदारी विस्तार गरेका थिए।

हालसम्मको कार्यान्वयन प्रगतिको समीक्षा गर्दा स्टाफ कलेज जावलाखेलले सबैभन्दा बढी ७ सय ८० जना प्रशिक्षार्थी कर्मचारीहरूको तालिम विवरण अद्यावधिक गरेको छ। दोस्रो स्थानमा रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले १ सय ८५ जना कर्मचारीको विवरण अद्यावधिक गरेको छ भने न्याय सेवा तालिम केन्द्रले ७० जना तालिमप्राप्त कर्मचारीको विवरण प्रणालीमा समावेश गर्दै तेस्रो स्थान हासिल गरेको छ।

बिज्ञापन

त्यस्तै, आईडीटीएले ३३ जना र हुलाक प्रशिक्षण केन्द्रले २९ जना कर्मचारीको विवरण अद्यावधिक गर्दै क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्।

पीआईएस प्रणालीको अध्ययनअनुसार बाँकी पाँच वटा तालिम प्रदायक संस्थाबाट भने विभिन्न कारणले हालसम्म कुनै पनि विवरण अद्यावधिक नभएको महानिर्देशक पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रिय किताबखानाले सेवा अन्तर–आबद्धता प्रणालीलाई प्रभावकारी बनाउँदै सबै तालिम प्रदायक संस्थालाई नियमित रूपमा विवरण अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष