नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच जना नियुक्त भएका छन्।

बिज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्त गरिएको जनाएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार मिति २०८३ वैशाख १२ गते गोरखापत्र मा सात दिने सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गरिएको थियो। सो अवधिमा रितपूर्वक आवेदन दिएका २७ जना उम्मेदवारमध्ये शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको थियो।

छनोट समितिको सिफारिसपछि मन्त्रीस्तरीय निर्णयबाट वर्णानुक्रमअनुसार डा. दिपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक सदस्यमा नियुक्त गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार नियुक्त भएका व्यक्तिहरूलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति लिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष