दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका निम्ति आवेदन दिएका २१ जनामध्ये २ उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्नका लागि प्रभाकरचन्द्र मल्लिक,जगन्नाथ निरौला,उत्सवराज खरेल,श्यामकिशोर साह,प्रमोदकुमार चौधरीका अलवा मुरारिप्रसाद पौडेल लवराज जोशी,विष्णु गौतम,प्रेमनाथ ठाकुर,दीपेन्द्र श्रेष्ठ,ज्ञानेन्द्र भुल,मन्त्रालयका सहसचिव मुकेश डंगोलसहित २१ जनाले आवेदन दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वैशाख १२ गते सूचना प्रकाशित गर्दै महानिर्देशक पदमा आवेदन आह्वान गरेको थियो । ‘प्राधिकरण ऐन, २०५३’ को दफा १९ बमोजिम सो पदका निम्ति २१ जनाले आवेदन दिएका छन् ।

बिज्ञापन

तीमध्ये उपमहानिर्देशकद्धय जगन्नाथ निरौला र इञ्जिनियर दिपेन्द्र श्रेष्ठविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

जेनजी युथ काउन्सिलले दायर गरेको उजुरीमा दुवै भ्रष्ट कर्मचारी भएको उल्लेख छ । दुवै जना विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा डिल्लीबजार कारागारमा रहेका पूर्वमहानिर्देशक प्रदीप अधिकारीको विश्वास पात्र भएको जनाउँदै काउन्सिलले उनीहरुमाथि निष्पक्ष छानबिनको माग गरेको छ ।

बिज्ञापन

निरौलामाथि २०७९ सालमा कर्पोरेट डाइरेक्टोरेट हुँदा ईआरपी सफ्टवेयर खरिदमा ३५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उजुरीमा उल्लेख छ । प्रम कार्यालयमा दायर भएको उजुरीमा भनिएको छ,निज व्यक्ति खरिद, निर्माण, सेवालगायत सबै कार्यमा व्यापारी तथा ठेकेदारसँग मिलेमतो गरी तिनीहरुसँग खाने बस्ने गर्ने गरेको हुँदा यस्ता व्यक्तिबाट प्राधिकरणलाई जोगाउन तथा आवश्यक छानबिन गर्न अनुरोध गर्दछौं।’

त्यसैगरी, उपनिर्देशक श्रेष्ठ बोली–व्यवहारमा असभ्य, कर्मचारीमाथि दमन र सेटिङ्ग गर्ने प्रवृत्तिको कर्मचारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । उनले पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीका छोरा पुजन र कल्याण श्रेष्ठका छोरा अभिषेकलाई सेवामा संलग्न गराएर ठेकेदारलाई फाइदा पुर्याउने काम गर्दै आएको काउन्सिलको आरोप छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष