उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

काठमाडौँ । लोक सेवा आयोग ले उपसचिवस्तरको लिखित परीक्षामा अनियमितता गरेको आरोपमा एक उम्मेदवारलाई कारबाही गरेको छ।

बिज्ञापन

आयोगले प्रकाशित गरेको सूचनाअनुसार वि.नं. १६६६४–१६६७१/०८२–८३ (आन्तरिक) अन्तर्गतको उपसचिव वा सो सरह पदको लिखित परीक्षामा परीक्षासम्बन्धी सामग्री सिटको टेबलमै लेखेर परीक्षा दिएको पुष्टि भएपछि उम्मेदवार योगराज गिरीमाथि कारबाही गरिएको हो।

बिज्ञापन

भोजपुरको साल्पा सिलिछो गाउँपालिका स्थायी ठेगाना भई हाल मोरङको विराटनगर महानगरपालिका–१२ बस्दै आएका योगराज गिरीले अनामनगर परीक्षा केन्द्रमा परीक्षा दिँदा आफ्नो सिटको टेबलमा विषयवस्तुसँग सम्बन्धित टिपोट पहिले नै लेखेको अवस्थामा परीक्षा दिएको आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) विपरीतको कसुर भएकाले आयोगले दफा ४१ (२) बमोजिम कारबाही गरेको हो।

बिज्ञापन

आयोगले योगराज गिरीको उक्त विज्ञापनअन्तर्गतका सबै परीक्षा रद्द गर्नुका साथै उनलाई आगामी एक वर्षसम्म लोक सेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष