पुतलीबजार नगरपालिकाका सब–इञ्जीनियर समित जिरेलमाथि कार्यकक्षमै कुटपिट र दुर्व्यवहार गरिएको छ । पुतलीबजार नगरपालिकाको पूर्वाधार विकास शाखामा कार्यरत जिरेलमाथि सोही पालिकाको वडा नम्बर ३ बाडखोला बजार बस्ने ५५ बर्षीया बाबुराम शर्माले हिजो मध्यान्ह १२ बजे कार्यालयमा प्रवेश गरी नजायज कामका लागि दबाब दिएको र सो नमान्दा कुटपिट र दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको छ ।
बिज्ञापन
शर्माले कार्यालयभन्दा बाहिरको काम ल्याइ दबाब दिएको अबस्थामा सहयोगका लागि काम गरिरहेका कर्मचारी जिरेलमाथि धाक धम्कीसहित कुटपिट गरिएको भन्दै जिउज्यानको सुरक्षाको माग सहित प्रहरीमा उजुरी दर्ता गरिएको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
यता,सब–इञ्जीनियर जिरेलमाथि भएको घटनाको सो पालिकामा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग राखेका छन् ।



































