सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रियाप्रति बार एशोसिएशनको गम्भीर चासो

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रियामा देखिएको ढिलासुस्ती र प्रशासनिक मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

एशोसिएशनका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी वक्तव्यमा संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, मानवअधिकार, लोकतन्त्र तथा स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको पक्षमा बार एशोसिएशन सधैं पहरेदारका रूपमा उभिँदै आएको उल्लेख गरिएको छ।

बिज्ञापन

वक्तव्यमा पछिल्ला केही दिनयता सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरिएका केही रिट निवेदन प्रशासनबाट दरपिठ गरी फिर्ता गरिएको र त्यसविरुद्ध कानुनअनुसार इजलाससमक्ष पेश गरिएका निवेदनमा समेत अदालत प्रशासनले न दर्ता गरेको न दरपिठ नै गरेको भन्दै मौन बसेको गुनासो आएको उल्लेख छ।

बार एशोसिएशनले अदालत सधैं खुला, निष्पक्ष र सर्वसाधारणको न्याय प्राप्तिको भरोसायोग्य थलो हुनुपर्ने उल्लेख गर्दै न्यायको मन्दिरमै निवेदन दर्तामा आलटाल हुनु गम्भीर विषय भएको जनाएको छ।

बिज्ञापन

संविधानप्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भन्ने उद्देश्यले दरपिठसम्बन्धी निवेदनउपर अविलम्ब निकास दिन, न्याय प्रशासनप्रति जनविश्वास कायम राख्न तथा न्याय प्रवाहलाई निरन्तर र निष्पक्ष बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

बिशेष