प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ अब प्रधानमन्त्रीले होइन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। प्रारम्भिक कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने उल्लेख भए पनि अन्तिम समयमा जिम्मेवारी परिवर्तन गरिएको हो।

बिज्ञापन

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा नीति तथा कार्यक्रममाथिको छलफललाई निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र आलोचनाको जवाफ अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नेछन्।

बिज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसयता संसद्मा सरकारको प्राथमिकता, आर्थिक दिशा, सुशासन, पूर्वाधार, रोजगारी तथा सेवा प्रवाहका विषयमा पक्ष–विपक्षबाट धारणा राखिँदै आएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याउने, सांसदहरूबाट दर्ता भएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तथा सोही दिन पारित गर्ने कार्ययोजना छ।

बिज्ञापन

यसअघि बसेको बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सत्ता पक्षले कार्यक्रमलाई सुधारोन्मुख अर्थतन्त्र र सुशासनको आधार दस्तावेजका रूपमा व्याख्या गरेको थियो भने प्रतिपक्षले कार्यान्वयन क्षमता र प्राथमिकतामाथि प्रश्न उठाएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष