लेखा अधिकृतद्धारा श्रीमतीको हत्या

श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गर्ने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । दाङ तुलसीपुर १९ दोघर्रेनिवासी ३४ वर्षीय गोपाल वलीले गत चैत्र १२ गते श्रीमती कमला ओलीको हत्या गरेका थिए । चैत १२ गते चैते दसैँका दिन श्रीमती कमला वलीको हत्या भएको थियो ।

डिभिजन वन कार्यालय वीरगञ्जमा कार्यरत वलीले श्रीमतीसँग दुई वर्षदेखि बोलचालसमेत नभएको,पटक–पटक श्रीमतीको आफन्तलाई आफूहरूबिचको झगडा मिलाइदिन अनुरोध गरे पनि सुनुवाइ नभएको प्रहरीमा बयान दिएका छन् । ०६७ सालमा खरिदारबाट सेवा प्रवेश गरेका ओलीको कमला ओलीसँग ०७० सालमा मागी विवाह भएको थियो । २०७५ सालमा गोपालले लेखा अधिकृतमा नाम निकालेर बबई गाउँपालिका दाङमा पोस्टिङ भएका थिए । बबई हुँदा उनीहरूसँगै बसेका थिए । तर, समायोजनपछि उनको मधेश प्रदेशमा सरुवा भयो । त्यसपछि गोपाल वीरगन्ज गए भने श्रीमती कमला भने दाङ बिजौरीमा कोठा भाडामा लिएर बसिन्। त्यसपछि भने उनीहरूको सम्बन्धमा खटपट भएको बताइएको छ । तुलसीपुर १९ दोघर्रेस्थित घरमा हत्या भएको थियो । सोही घरमा गत महिना वन अधिकृत गोपालले श्रीमती कमलामाथि आक्रमण गरी सक्त घाइते बनाएका थिए। गम्भीर अवस्थाकी कमलालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो। उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको थियो । घरको माथिल्लो तलाको भान्सा कोठामा भएको भनाभनका क्रममा आफूले आवेगमा आई दाउरा रड लगायतका वस्तुले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए ओलीले ।

त्यहीबिचमा २०७७ सालमा उनीहरुले विजौरीको दोघर्रे भन्ने ठाउँमा घर बनाएर घर सरिसकेका थिए । यही बीचमा लफडा हुँदा २०८२ चैत्रमा हत्याको संलग्न भएको भन्दै श्रीमान् ओलीसहित उनका बुवा कर्णबहादुर ओली, भाइबुहारी टिका केसी र बहिनी पुतला ओलीलाई जन्मकैदको माग गरी अदालतमा अभियोगपत्र दायर गरिएको छ । वैशाख ६ गते जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बीवाइडी आयातमा ठूलो कर छली आशंका: ‘१०० किलोवाटभन्दा कम’ देखाएर अर्बौँ राजश्व छलि

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

लेखा अधिकृतद्धारा श्रीमतीको हत्या

प्रकृति संरक्षण कोषमा अनियमितता छानबिन तीव्र, गाडी फिर्ता गर्न र खटाइएको ठाउँमा हाजिर हुन सतर्कता केन्द्रको निर्देशन

आइतबारे बिदाको सट्टा हिउँदे बिदा कट्टा

खोसियो कर्मचारीको दूध र घ्यूको सुविधा

चार महिनामै सचिव पदबाट पदमुक्त भए राइ

भ्रष्टाचार मुद्धामा सहसचिव गुरुङलाई सफाइ

बिशेष