खोसियो कर्मचारीको दूध र घ्यूको सुविधा

सरकारी संस्थानहरूमा वर्षौंदेखि चल्दै आएको लुटतन्त्र र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कडा एक्सन लिएको छ । मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीहरूले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यूको सुविधा कटौती गरेको हो । डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजाने गरेका थिए ।

बिज्ञापन

एकातिर संस्थान घाटामा जाने र अर्कोतिर किसानले दूधको भुक्तानी नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था रहेको बेला कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहेका थिए ।

बिज्ञापन

कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो वार्षिक २ करोड ८५ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । वर्षौंदेखि किसानको पसिनाको मूल्य नतिर्ने तर कर्मचारीले सित्तैमा घिउ दूध खाने प्रवृत्ति अन्त्य भएको छ । मन्त्रालयले त्यहाँको महाप्रबन्धकको जिम्मेवारी सहसचिव जगदीश पाण्डेलाई दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खोसियो कर्मचारीको दूध र घ्यूको सुविधा

चार महिनामै सचिव पदबाट पदमुक्त भए राइ

भ्रष्टाचार मुद्धामा सहसचिव गुरुङलाई सफाइ

सामान्यका सहसचिव बर्षदिनदेखि सम्पर्कविहिन

अघि बढ्यो राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया

शैक्षिक वृत्ति पाएका २८ जनाले बीचमै छाडे पढाई, सामान्यले व्याजसहित फिर्ता माग्यो पैसा

ट्रेड युनियनमाथि आक्रमण नगर्न प्रचण्डको चेतावनी

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

बिशेष