ट्रेड युनियनमाथि आक्रमण नगर्न प्रचण्डको चेतावनी

पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लोकतान्त्रिक संस्थामाथि हस्तक्षेपकारी शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्।

बिज्ञापन

प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सरकारले आफ्नो संख्यात्मक बलको दुरुपयोग गर्दै विधि र संसदीय प्रक्रियालाई कमजोर बनाउने प्रयास गरेको टिप्पणी गरे। अध्यादेशमार्फत शासन चलाउने, संसदलाई प्रभावहीन बनाउने तथा प्रतिशोधपूर्ण गतिविधि बढाएको भन्दै उनले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

बिज्ञापन

ट्रेड युनियनमाथि भइरहेको हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै दाहालले ट्रेड युनियन लोकतन्त्रको आधारभूत अंग भएको बताए। उनले लामो राजनीतिक संघर्षबाट प्राप्त श्रमिक तथा कर्मचारी अधिकार कमजोर पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्यविपरीत हुने उल्लेख गरे।

उनले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने होइन, थप मजबुत बनाउने दिशामा राजनीति केन्द्रित हुनुपर्ने धारणा राखे। साथै युवा सांसदहरूलाई ट्रेड युनियनलाई दलीय विवादभन्दा माथि उठाएर पेशागत र जिम्मेवार संस्थाका रूपमा विकास गर्ने विषयमा गम्भीर बहस गर्न आग्रह गरे।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष