नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल

काठमाडौं — राष्ट्रिय जेनजी नागरिक अभियानले आयोजना गरेको ‘त्रिदेशीय सीमा समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा युवा अभियन्ता रवि किरण हमालले नेपाललाई शान्ति क्षेत्रको रूपमा पुनः कायम गर्नुपर्ने प्रस्ताव राखेका छन्।

बिज्ञापन

हमालले भने, “नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं र क्रमशः अतिक्रमित भूमिमा बलियो उपस्थिति जनाऔं।”

बिज्ञापन

कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले नेपाली युवाहरू बलिदान दिन तयार रहेको बताउँदै आवश्यक परे छिमेकी देशसँग लड्न पनि तयार रहेको दाबी गरे। उनले भने, “नेपाली युवा बलिदान दिन तयार छन् र परेको खण्डमा छिमेकी देशसँग लड्न सक्छन्।”

यसैगरी अभियानका सहसंयोजक अजय सोडारीले चेतावनी दिँदै भने, “जसरी जेन्जीहरूले देशभित्रका कुलंगारहरूलाई घुँडा टेकाएका थिए, त्यसैगरी भोलि छिमेकी मुलुकले हामीमाथि गिद्धे नजर राखे संघर्ष गर्न तयार छौं।”

बिज्ञापन

कार्यक्रममा सीमा रक्षाका लागि निरन्तर आवाज उठाइरहेका सीमा विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ, नापी विभागका पूर्व महानिर्देशकहरू, लोकप्रिय कलाकार नवल खड्का लगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, पूर्व राष्ट्रसेवक र युवाहरूबीच अत्यन्त सार्थक छलफल भएको थियो। सहभागीहरूले ऐतिहासिक दस्तावेज, प्रमाणहरू र नेपालको वास्तविक सीमा अवस्थाबारे नयाँ पुस्तालाई गहिरो जानकारी दिएका थिए।

अन्तरक्रियामा कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका अतिक्रमित क्षेत्रमा नेपालको बलियो उपस्थिति कायम गर्ने, कूटनीतिक प्रयाससँगै आन्तरिक एकता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

राष्ट्रिय जेनजी नागरिक अभियानले सीमा चेतना अभिवृद्धि र युवा पुस्तालाई राष्ट्रिय मुद्दामा सक्रिय बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

बिशेष