सचिवज्यू यस्तै हुन्छ सुशासन ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्दा पक्षपातपूर्ण व्यवहार गरेको कर्मचारी वृत्तबाटै गुनासो उठ्न थालेको छ । सचिव चन्द्रकला पौडेलले आफूसँग जोडिएका कर्मचारी र तिनका नातागोताहरुको राम्रै संरक्षणमा लागेको भेटिएको छ ।

बिज्ञापन

जस्तो कावा निर्वाचन आयुक्तले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाललाई एक जना उपसचिवलाई आयोगबाट सरुवा गरिदिन पटक पटक आग्रह गरे पनि सचिव चन्द्रकलाले आफूसँगै कावा निर्वाचन आयुक्तको आग्रह समेत लत्याइदिइन । दिनेश थपलिया निर्वाचन आयोगमा हुँदा उनैले रोजेर लगेका उपसचिव हुन,कमल ज्ञवाली । लामो समयदेखि आयोगमा कार्यरत ज्ञवाली विवादित छन्,अनेकन कारणले । निर्वाचन आयोगका सबै खरिद प्रक्रियामा संलग्न ज्ञवाली नै हर्ताकर्ता थिए । यस अघि उनी मध्यपुर ठिमी, सूर्यविनायक जस्ता स्थानीय तहमा बसेका कर्मचारी उनी पूर्व सचिव सूर्य गौतमका नातेदार हुन । प्रमुख आयुक्त दिनेश थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ज्ञवाली मध्यपुर थिमीदेखि सूर्यबिनायक नगरपालिकामा कार्यरत थिए ।

बिज्ञापन

निजामती सेवा ऐन अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुने गर्दछ । तर सूर्यबिनायक नगरपालिकाबाट कमल ज्ञवालीको सरुवा ३ बर्षमा त्यही टिक्न सफल रहे । सूर्यविनायकभन्दा पहिला मध्यपुर थिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । उनै उपसचिवले निर्वाचन आयोगलाई असहयोग गरे,विवादित काम गरे भन्दै कावा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तत्कालीन मन्त्री रामेश्वर खनाललाई त्यहाँबाट सरुवा गरिदिन आग्रह गरेको भए पनि चन्द्रकलाले कमललाई त्यहाँबाट निकाल्न मानिनन् । कारण चन्द्रकला र कमल ज्ञवालीको श्रीमती कुनै समय राजश्वमै काम गरेका कर्मचारी हुन । त्यही कारण कमलको सरुवा होल्ड हुँदै आएको छ । यस अघि सरुवाको सूचीमा रहेको ज्ञवालीको नाममा समेत टिपेक्स लागिएको छ । कहिल्यै दुगर्म जिल्लामा नबसेको भन्दै ज्ञवालीलाई हनुमान कंकनी पालिकामा खटाइएकोमा सचिव पौडेलकै सक्रियतामा ज्ञवालीको नाममा टिपेक्स लगाइएको सामान्यका अधिकारीहरु बताउँछन् ।

उसो त यो मात्र होइन,अर्की एक उपसचिवको सरुवालाई हेर्दा पनि संघीय मामिला मन्त्रालय र त्यहाँबाट हुने सरुवा कसरी चलिरहेको छ भन्ने पृष्टि हुन्छ । सरकारले कहिल्यै स्थानीय तहमा बसेर काम नगरेका उपसचिवदेखि शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाउने नीति अख्तियार गरेर सोही अनुसार कर्मचारी खटन पटन गरेको भए पनि अर्काे एक महिला उपसचिवको हकमा यो लागू हुन सकेको छैन । यस्तो उपसचिव हुन रमिला भण्डारी,जो आफ्नो सरुवा उल्टाएर प्रधानमन्त्री कार्यालय पुग्न सफल भएकी छिन । जेनजी सरकार हुँदा स्थानीय तहमा भएको सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा पुगेकी भण्डारी दोश्रो पटकको सरुवा समेत उल्टाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्न सफल भएकी हुन ।

बिज्ञापन

भण्डारी ०७८ चैत ४ गते उपसचिवमा भएकी हुन । सोही बर्षको चैत्र १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएकी उनी ०७९ भदौ ५ गते उद्योग विभाग पुगेकी थिइन । २०८० फागुन १४ गते पुनः मन्त्रालयमै फर्किएकी थिइन् । त्यसपछि उनले मन्त्रालय भित्रै योजना, प्रशासन तथा वैदेशिक लगानी तथा बौद्धिक सम्पत्ति शाखामा काम गरेकी थिइन् । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले योजनाबाट प्रशासनमा सार्दै केही महिनामै पुनः वैदेशिक शाखातर्फ फर्काएका थिए । २०८२ भदौ १२ मा १२२ उपसचिवको सरुवा हुँदा उनी पनि स्थानीय तहमा सरुवा भएकी थिइन । भण्डारीलाई मुसिकोट नगरपालिका, गुल्मीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो तर रमिलाले सरुवा बदर गराएर तत्कालीन मन्त्री अनिलकुमार सिन्हाको सचिवालयमा आफ्नो सरुवा मिलाइन । मन्त्री सिन्हा हटेसँगै उनलाई स्थानीय तहमा खटाइएको थियो ।

तर तिनै रमिलालाई स्थानीय तह नगइ पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरुवालाई निष्पक्ष बनाउने रटान लगाई रहँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेकी उनैले स्थानीयमा सरुवा भएर पनि अटेर गरी संघमै बसेर लाभ लिइरहेकी भण्डारीलाई पुनः संरक्षण गरेको स्पष्ट देखिएको मन्त्रालय स्रोत बताउँछ । उपसचिव भण्डारीलाई २०८२ चैत २६ गतको निर्णयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । एकल निर्णयबाट भएको उनको सरुवा गरेको सूची २०८३ वैशाख १७ गते मात्रै सार्वजनिक गरिएको थियो । यी दुई निर्णयबाटै सामान्यको सरुवामा निष्पक्षता कायम गर्ने तथा सेवा प्रवाहमा सुशासन नारामा मात्र सीमित भएको प्रष्ट हुन्छ । उसो त पछिल्लो समय संघीय मामिला सचिव चन्द्रकलाले आफ्ना जिल्लाबासी स्याङ्गजाली,नातेदारहरु च्याप्दै आएकी छिन् । तिनै नातेदारहरुले सामान्य प्रशासन मन्त्रालय भरेको बिषयले समेत सचिव नेपोटिज्ममा रमाएको आरोप लाग्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष