ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

प्रधानमन्त्री बालेन शाहले कर्मचारी ट्रेड युनियनका पदाधिकारीहरूलाई उपत्यकाबाहिर सरुवा गर्ने विषयमा कडा निर्देशन दिएको स्रोतले जनाएको छ। ट्रेड युनियनको नाममा वर्षौँदेखि सिंहदरबार र उपत्यकाका कार्यालयमा जरा गाडेर बसेका कर्मचारीलाई बाहिर पठाउने तयारी स्वरूप प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सक्रिय हुन निर्देशन दिएका हुन्।

बिज्ञापन

प्रधानमन्त्री शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल तथा मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई ट्रेड युनियनको आडमा एउटै कार्यालयमा लामो समयदेखि टिकिरहेका कर्मचारीहरूको विवरण संकलन गरी सरुवाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतको दाबी छ।

बिज्ञापन

सरकारनिकट स्रोतका अनुसार ट्रेड युनियनको नाममा प्रशासनिक केन्द्रमै बस्ने, नियमित कार्यालय नगर्ने र संगठनात्मक गतिविधिमा मात्र केन्द्रित हुने प्रवृत्तिलाई नियन्त्रण गर्न यस्तो तयारी गरिएको हो। “ट्रेड युनियन कार्ड बोकेर सिंहदरबारमै स्थायी अड्डा जमाउने प्रवृत्ति अन्त्य गर्न खोजिएको हो,” स्रोतले भन्यो।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल सहित संगठनका केही पदाधिकारी लामो समयदेखि उपत्यकाभित्रै कार्यरत रहेको बताइएको छ। त्यस्तै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम बहादुर कटुवाल एउटै कार्यालयमा करिब नौ वर्षदेखि कार्यरत रहेको चर्चा प्रशासनिक वृत्तमा छ।

बिज्ञापन

यता राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बा दत्त भट्ट पनि  ७ बर्ष भन्दा  बढी समयदेखि भुमी मन्त्रालयमा कार्यरत रहेको उल्लेख गरिएको छ।

स्रोतका अनुसार करिब ३ सय हाराहारी कर्मचारी ट्रेड युनियनका नेताहरूको नाम नाम सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष