सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि मनोज शर्मालाई सिफारिश गरिएको छ।

बिज्ञापन

यस अघि बरियतामा पहिलो नम्बरमा रहेको व्यक्तिलाई प्रधानन्यायधीश नियुक्ति गरिदै आएकोमा बरियतामा चौथौं नम्बरमा रहेका शर्मालाई प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

संवैधानिक परिषद्ले पहिलो वरियतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरियतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेको हो। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि सर्वोच्च अदालत कायममुकायको भरमा चलिरहेको थियो । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले कामुको रुपमा न्यायलयको नेतृत्व गरिरहेकी थिइन् । संवैद्यानिक परिषद्ले कामु प्रधानन्यायधीशलाई पन्छाएर डा शर्मालाई प्रधानन्यायधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

बिशेष