सिंहदरबारमा क्याविनेट र पूर्व प्रशासकसँगको छलफल सँगसँगै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले तीन बजे दुई वटा महत्वपूर्ण बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । हिजो र आज लगातार मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यस अघि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले पुर्न विचार गर्न भन्दै सरकारलाई नै फिर्ता पठाएको संवैद्यानिक परिषद्सँग सम्बन्धित अध्यादेश पुन हवहु शीतलनिवासमै फिर्ता पठाउने निर्णय गरेको थियो ।

बिज्ञापन

आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धीसहित सबै आठै वटा अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने सरकारको तयारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,आजको बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको छ ।

बिज्ञापन

उता प्रधानमन्त्री कार्यालयमै अहिले ठीक तीन बजेदेखि संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक बस्दै छ । अपरान्ह तीन बजेदेखि बस्न लागेको सो बैठकमा संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरू छलफल हुँदैछ । आजको बैठकमा पूर्वउच्चपदस्थ अधिकारी, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्शका लागि उपस्थित हुने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष