धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

रसुवा, गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा प्रहरीले ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक सिगरेट) बरामद गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले ४३६ थान भेपसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अ.प्र. पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर जाँच गर्दा उक्त भेप फेला परेको हो। कन्टेनर चालक आमाछोदिङमो गाउँपालिका–५ का ३४ वर्षीय रविन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

जाँचका क्रममा कन्टेनरको अगाडिको क्याबिन भागमा लुकाइछिपाइ राखिएको अवस्थामा “ELFBAR (30K puffs)” लेखिएको ४३६ थान भेप बरामद गरिएको हो। बरामद गरिएको भेप र सवारी साधनसहितको अनुमानित मूल्य करिब ३५ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।

प्रहरीले चालक श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मिति २०८३/०१/२० गते रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरी निरीक्षक रमेश रायका अनुसार भन्सार छली गरी ल्याइएका यस्ता सामग्री नियन्त्रणका लागि निगरानी कडाइ गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष