प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

काठमाडौं — कर्मचारी प्रेसमा सवारी साधनको दुरुपयोग तथा अनियन्त्रित खर्चसम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री बालेन शाह ले सरकारी सवारी साधनको विस्तृत विवरण माग गरेका छन्।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारले सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गर्दै सवारी साधनको प्रयोग र खर्चको एकीकृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। कार्यालयले २०८३ वैशाख १० गतेको पूर्वपत्रलाई आधार मान्दै प्रचलित कानुनअनुसार सुविधा पाउने पदाधिकारीबाहेक अन्यले प्रयोग गरिरहेका चारपाङ्ग्रे सवारी साधन ‘पुल’ मा ल्याई व्यवस्थापन गरिएको अवस्थाबारे स्पष्ट विवरण माग गरेको छ।

बिज्ञापन

जारी पत्रअनुसार, मातहतका सबै निकायमा रहेका चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधनको संख्या, प्रयोग अवस्था र आर्थिक वर्ष २०८२र८३ मा हालसम्म भएको सम्पूर्ण खर्च विवरण एकीकृत रूपमा पठाउनुपर्नेछ। सो विवरण कार्यालयले तोकेको ढाँचामा युनिकोड फन्ट र एक्सेल फर्म्याटमा तयार गरी २०८३ वैशाख २२ गतेभित्र प्रधानमन्त्री कार्यालयको इमेलमा पठाउन निर्देशन दिइएको छ।
यससँगै, मन्त्रालय तथा मातहतका विभाग, केन्द्र, समिति, बोर्ड लगायत सबै सार्वजनिक निकायलाई आफ्ना सवारी साधनको अभिलेख अद्यावधिक गर्न पनि भनिएको छ।

सरकारी स्रोतका अनुसार कर्मचारी प्रेसमा सार्वजनिक भएको समाचारपछि सवारी साधनको दुरुपयोग, अनावश्यक खर्च र व्यवस्थापन कमजोरीबारे प्रधानमन्त्री गम्भीर बनेका हुन्। यस कदमलाई सरकारी स्रोत साधनको पारदर्शिता र नियन्त्रणतर्फको पहलका रूपमा हेरिएको छ।

बिज्ञापन

विश्लेषकहरूका अनुसार, यदि यो विवरण संकलन र समीक्षा प्रभावकारी रूपमा गरियो भने सरकारी सवारी साधन व्यवस्थापनमा सुधार आउने, खर्च नियन्त्रण हुने र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

बिशेष