शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र उनका टिमले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा आफू निकटका पात्रलाई विकास आयुक्त नियुक्त गर्न मापदण्डमै छेडखानी गरेर विज्ञापन गरेको भेटिएको छ । यस अघि पहिल्यै पात्र तयार पारेर उनकै लागि मापदण्डै समेत छेडखानी गरी विज्ञापन गरेर जानुका ढकाललाई प्रमुख विकास आयुक्त नियुक्त गरेकै शैलीमा अहिले सचिव गोपाल सिग्देलले विज्ञापनमा नयाँ प्रावधान घुसाइएको बताइन्छ । यस अघि तत्कालीन सचिव रमेश सिंहहरुको जोडबलमा जानुका ढकाल प्राधिकरणको नेतृत्वमा पुर्याइएको थियो ।
बिज्ञापन
पत्रकारिता पृष्टभूमिबाट आएकी ढकाललाई राजनीतिक,प्रशासनिक पहुँचका आधारमा रातारात मापदण्ड नै संशोधन गराएका काठमाडौं उपत्याका विकास प्राधिकरणमा विकास आयुक्तमा नियुक्त दिइएको हो । हालैमात्र भ्रष्टाचार मुद्धा खेपेका विकास आयुक्त भाइकाजी तिवारी लगायतका उच्च प्रशासकहरुले नेतृत्व गरेको सो ठाउँमा पत्रकारिता पृष्टभूमिकी जानुका ढकाललाई सो स्थानमा लगिएकै शैलीमा अहिले सचिव गोपाल सिग्देलले आफू निकटका पात्र नियुक्त गर्नेका लागि नयाँ प्रावधान घुसाएको शहरी विकास मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
यस अघि निर्देशिकाको दफा (३) मा कार्यकारी प्रमुखका लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । उपत्यका विकास प्राधिकरणको दफा १७ मा आयुक्तको नियुक्तिबारे स्पष्ट गर्दै लब्धप्रतिष्ठित र विशिष्ट श्रेणीमा काम गरिसकेको या गरिरहेको व्यक्ति हुनुपर्ने ब्यहोरा उल्लेख छ ।

बिज्ञापन
तर, शहरी विकास मन्त्रालयअन्तर्गत कार्यकारी प्रमुखहरूको नियुक्तिका लागि भन्दै गरिएको विज्ञापनमा भने विशिष्ट श्रेणी वा सोभन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको हुनुपर्ने वा सिभिल इन्जिनियरिङ वा सहरी योजनाको क्षेत्रमा लब्ध प्रतिष्ठित हुनुपर्ने व्यवस्था छ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ वा अर्बन प्लानिङ विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने प्रावधान राखेर पहिल्यै प्रिपेड पात्रलाई नियुक्त गर्न खोजिएको चर्चा छ ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आफ्ना एस म्यानलाई प्राधिकरणमा लैजान मापदण्डमा छेडखानी गरेका हुन । हालकी आयुक्त कार्याकाल सकेर घर जान लागेसँगै काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदका लागि दरखास्त खुला भएको छ।
जसमा आफ्ना एस म्यानलाई नियुक्ति गर्नेहरु विज्ञापनको दोश्रो नम्बरमा सिभिल वा आर्किटेक मा मास्टर पढेको हुनुपर्ने बिषयमा राखिएको छ । निर्देशिकाभन्दा बाहिरको मापदण्ड राखेर योग्यता माग गरिएको र यस्को पछाडि सचिव सिग्देलको ‘भेष्टेड इन्ट्रेस्ट’ रहेको शहरीका जानकारहरुले बताएका छन् । आफ्ना खास मान्छे नियुक्ति गर्नका लागि यस्तो प्रावधान राखिएको प्राधिकरण स्रोतको भनाई छ ।
प्राधिकरणको नेतृत्वका लागि आवेदन दिने उम्मेदवारले विशिष्ट श्रेणी वा सोभन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको हुनुपर्ने प्रावधान यस अघि नै थियो । त्यसैमा सिभिल इन्जिनियरिङ वा सहरी योजनाको क्षेत्रमा लब्ध प्रतिष्ठित हुनुपर्ने व्यवस्था राखिएको छ । शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ वा अर्बन प्लानिङ विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ। साथै, उम्मेदवारको उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्ने प्रावधान सूचनामा उल्लेख छ। सहरी विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारहरूबाट २१ दिनभित्र आवेदन माग गरेको छ।






























