सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत, उपसचिव भोजबहादुर ऐडीले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर औपचारिक रूपमा राजीनामापत्र दर्ता गराएका हुन्।

बिज्ञापन

हालै मात्र उपसचिवमा बढुवा भएका ५६ वर्षीय ऐडी दुर्गम क्षेत्रमा सरुवा गरिएपछि असन्तुष्ट रहँदै आएका थिए। उनले आफूलाई सुगम क्षेत्रमा खटाउन पटक–पटक आग्रह गरे पनि पुनः बुढीगंगामै खटाइएपछि काम गर्न कठिन भएको गुनासो गरेका छन्। व्यक्तिगत समस्यासमेत उल्लेख गर्दै उनले पद त्यागको निर्णय लिएका हुन्। यद्यपि, मन्त्रालयले उनको राजीनामा हालसम्म स्वीकृत गरिसकेको छैन।

बिज्ञापन

मन्त्रालयले ऐडीलाई २०८२ पुसमा बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। सरुवा भएको दुई महिनापछि फागुनमा उनी हाजिर भए पनि एक सातामै फर्किएका थिए। त्यसपछि चैत १६ गते पुनः सोही स्थानमा पठाइए पनि उनी हालसम्म कार्यस्थलमा फर्किएका छैनन्।

यसबीच, बुढीगंगा नगरपालिका विगत चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ। प्रशासनिक नेतृत्व अभावका कारण दैनिक सेवा प्रवाहदेखि विकास निर्माणका कामहरू समेत प्रभावित हुँदै आएका छन्।

बिज्ञापन

दुर्गम क्षेत्रमा कर्मचारी खटाउने नीति र कर्मचारीहरूको असन्तुष्टिबीच उत्पन्न हुने यस्ता घटनाले संघीय प्रशासन व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष