टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी करिडोर तथा सार्वजनिक एवं सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
बिज्ञापन
नगरपालिकाले सूचना जारी गर्दै नदी करिडोर, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निजी प्रयोगमा रहेका भौतिक संरचनाहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वयम् हटाउन आग्रह गरेको हो। नगरपालिकाका अनुसार तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा प्रचलित कानुन अनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ।
नगरकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले उक्त सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिएका छन्।
नगरपालिकाले नदी करिडोर तथा सरकारी जग्गा अतिक्रमण बढ्दै गएको भन्दै सबै सरोकारवालालाई स्वेच्छाले संरचना हटाई सार्वजनिक सम्पत्ति संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।
बिज्ञापन
नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाइए नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाई जबरजस्ती हटाउने चेतावनीसमेत दिएको छ।






























