स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

नवप्रवर्तन र स्टार्टअप अब केवल आधुनिक व्यापारिक शब्द होइनन्, ती आजको आर्थिक विकासका मेरुदण्डका रूपमा स्थापित हुँदै गएका छन्। कुनै पनि राष्ट्रको समृद्धि अब केवल प्राकृतिक स्रोतसाधनको उपयोग वा उद्योगको संख्यामा मात्र सीमित नरही, त्यस देशले नवप्रवर्तनलाई कति प्राथमिकता दिन्छ, उद्यमशीलतालाई कति सशक्त बनाउँछ र युवाशक्तिलाई कति उत्पादनशील दिशामा प्रयोग गर्छ भन्ने आधारमा मूल्यांकन हुन थालेको छ।

बिज्ञापन

विश्वका विकसित राष्ट्रहरू अमेरिका, जर्मनी, इजरायल, सिंगापुर, भारत र चीनले स्टार्टअपलाई राष्ट्रिय विकास रणनीतिको केन्द्रमा राखेर आर्थिक रूपान्तरण गरेका उदाहरण छन्। नेपाल पनि यसै दिशामा क्रमशः अघि बढिरहेको छ, जहाँ युवाहरूमा उद्यमशील सोच बढ्दै गएको छ र स्थानीय स्रोतसाधनलाई व्यवसायिक रूपान्तरण गर्ने सम्भावना विस्तार हुँदै गएको छ।

बिज्ञापन

नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानी प्रणाली, राइड सेयरिङ सेवा, ई–कमर्स, कृषि प्रविधि, स्वास्थ्य सेवा, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा स्टार्टअपहरूको उदय उल्लेखनीय रूपमा बढेको छ। तर यस्ता प्रयासहरूलाई दीर्घकालीन सफलता दिन आवश्यक पर्ने नीति, लगानी पहुँच, प्रविधि, तालिम, बजार विस्तार र मार्गदर्शन अझै पर्याप्त नभएको तथ्य स्पष्ट देखिन्छ।

यसै पृष्ठभूमिमा नेपाल सरकारले “राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१” जारी गर्दै स्टार्टअप इकोसिस्टमलाई संस्थागत रूप दिने प्रयास गरेको छ। नीति अनुसार उद्यमीलाई प्रविधि, ज्ञान, सीप, सहुलियतपूर्ण कर्जा र वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखिएको छ।

बिज्ञापन

स्टार्टअप नीतिका मुख्य उद्देश्य

राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१ ले चार मुख्य उद्देश्य तय गरेको छ। पहिलो, स्टार्टअप वातावरण निर्माण गर्दै रोजगारी सिर्जनासँगै उत्पादन वृद्धि गर्ने। दोस्रो, स्वदेशी तथा विदेशी लगानीलाई स्टार्टअप क्षेत्रमा आकर्षित गर्ने। तेस्रो, नवप्रवर्तनमार्फत उद्यमशीलता विकास गर्दै साझेदारी प्रवर्द्धन गर्ने। चौथो, वित्तीय प्रोत्साहन र पहुँच विस्तार गर्दै स्टार्टअप व्यवसायलाई दीगो बनाउने।

यो नीति केवल कागजी संरचना मात्र नभई व्यवहारिक कार्यान्वयनमार्फत देशको आर्थिक संरचना परिवर्तन गर्ने आधारका रूपमा लिइएको छ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि स्टार्टअप केवल व्यापार होइन, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने र आर्थिक आत्मनिर्भरता हासिल गर्ने माध्यम हो। गाउँदेखि शहरसम्म उपलब्ध स्रोतसाधनलाई उपयोग गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने क्षमता स्टार्टअपमा रहेको छ।

कृषि, पर्यटन, हस्तकला, सूचना प्रविधि, सेवा क्षेत्र लगायतका क्षेत्रमा स्टार्टअपले नयाँ सम्भावना खोलेको छ। विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै उद्यमशील बनाउन स्टार्टअप संस्कृति एक प्रभावकारी विकल्पका रूपमा देखिएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भूमिका

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत वि।सं। २०५३ कात्तिक १९ गते स्थापना भएको प्रतिष्ठानले करिब तीन दशकदेखि उद्यमशीलता विकासमा काम गर्दै आएको छ। प्रतिष्ठानले नवप्रवर्तनशील उद्यम, गुणस्तरीय व्यवस्थापन, दक्ष जनशक्ति विकास, अनुसन्धान र औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

हाल प्रतिष्ठानले उद्यमशीलता तालिम, प्रशिक्षक प्रशिक्षण, परामर्श सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आ।व। २०८०र८१ देखि स्टार्टअप प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सहुलियतपूर्ण बिना धितो कर्जा, मेन्टरिङ र कोचिङ सेवा विस्तार गरिएको छ।

प्रतिष्ठानका अनुसार हालसम्म करिब १५ हजारभन्दा बढी व्यक्तिलाई उद्यमशीलता तालिम दिइएको छ। तीमध्ये करिब ४५ प्रतिशतले व्यवसाय सुरु गरेको वा विस्तार गरेको तथ्यांकले कार्यक्रमको प्रभावकारिता देखाउँछ। तालिम प्राप्त उद्यमीहरूले औसत ५ जनासम्म रोजगारी सिर्जना गरेको देखिएको छ।

सरकारले ३ प्रतिशत ब्याजदरमा बिना धितो स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गरेपछि स्टार्टअपप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

आर्थिक वर्ष २०८०र८१ मा १,६५८ प्रस्ताव प्राप्त भएका मध्ये १६५ परियोजनाले कर्जा प्राप्त गरेका थिए।
त्यस्तै, २०८१र८२ मा ५,१५८ प्रस्ताव प्राप्त भएका मध्ये ६०० परियोजनाले कर्जा प्राप्त गरे।
२०८२र८३ मा भने १०,२४४ प्रस्ताव दर्ता भई प्रारम्भिक मूल्याङ्कन प्रक्रिया चलिरहेको छ।

यो तथ्यांकले स्टार्टअपप्रति युवा र उद्यमीहरूको चासो तीव्र रूपमा बढिरहेको संकेत गर्दछ। स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत हालसम्म करिब ९ करोड ३९ लाख रुपैयाँ सावा र ब्याज फिर्ता भइसकेको छ। यसले उद्यमीहरू वित्तीय अनुशासनमा रहेको र स्टार्टअप व्यवसाय दीगो हुँदै गएको संकेत गर्दछ।

रोजगारी सिर्जना र आर्थिक प्रभाव

स्टार्टअप उद्यमहरूले औसत पाँच जनासम्म रोजगारी सिर्जना गरेको देखिन्छ। यसले नेपालमा बेरोजगारी समस्या समाधानमा सकारात्मक योगदान पुर्‍याउने सम्भावना देखाएको छ।

विदेशबाट फर्किएका युवाहरूले साना व्यवसाय सुरु गरेर सफल भएको उदाहरण पनि बढ्दै गएको छ। परम्परागत पारिवारिक व्यवसायलाई आधुनिक सोचसहित विस्तार गर्ने प्रवृत्तिले समेत सकारात्मक संकेत दिएको छ।

निर्यात र प्रविधि–आधारित स्टार्टअपको सम्भावना

नेपालमा गार्मेन्ट, ह्याण्डीक्राफ्ट, छुर्पी, अचार, रैथाने खाद्य वस्तु तथा सूचना प्रविधिमा आधारित उत्पादनहरूको निर्यात बढ्दै गएको छ। यसले स्टार्टअप केवल घरेलु बजारमा सीमित नभई अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्ने क्षमता देखाएको छ।

विशेषगरी आईटी, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने हो भने नेपालमा ठूलो आर्थिक परिवर्तन सम्भव छ भन्ने विज्ञहरूको निष्कर्ष छ।

स्टार्टअप नेशन २०३० लक्ष्य

सन् २०३० सम्म नेपाललाई स्टार्टअपमैत्री राष्ट्र बनाउने लक्ष्यसहित “स्टार्टअप नेशन २०३०” अभियान सञ्चालन भइरहेको छ। यसअन्तर्गत १०,००० स्टार्टअप स्थापना गर्ने र १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सरकारी निकाय, विश्वविद्यालय, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीच सहकार्य गर्दै त्चष्उभि ज्भष्हि ःयमभ िअन्तर्गत उद्यमशीलता प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले त्रिपुरेश्वरमा व्यवसाय सम्बर्धन केन्द्र स्थापना गरी मेन्टरिङ, कोचिङ र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। सातै प्रदेशमा सरकारी, निजी र शैक्षिक संस्थाको सहकार्यमा यस्ता केन्द्रहरू विस्तार गरिएका छन्।

आगामी दिनमा देशभर निजी क्षेत्रको साझेदारीमा यी सेवा विस्तार गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।

 नेपालको आर्थिक भविष्य अब परम्परागत प्रणालीमा मात्र सीमित छैन। नवप्रवर्तन, स्टार्टअप र उद्यमशीलता यसको नयाँ आधार बनेका छन्। नीति, लगानी र प्रवर्द्धनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा नेपाल आत्मनिर्भर अर्थतन्त्रतर्फ तीव्र रूपमा अघि बढ्न सक्ने सम्भावना देखिन्छ।

स्टार्टअप अब केवल व्यवसाय होइन, नेपालको नयाँ आर्थिक क्रान्तिको सुरुवात हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

सेटिङका मास्टर सचिव सिग्देल : अकुत सम्पत्ति, ओम अस्पताल र सरकारी जग्गा विवादमा घेराबन्दी

कालोबजारी रोक्ने निकायमै मिलेमतो: महानिर्देशक ज्ञवाली र झामाथि व्यापारीसँग सेटिङ

संस्थागत समाजिक उत्तरदायित्वको आयाममा निजी क्षेत्रको भूमिका

स्थानीय प्रशासनका ‘फिल्ड अफिसर’ : युवराज आचार्यको सेवा यात्रा

सडक विभागका कर्मचारी अटेरी

निजामतीका दुई सन्तानलाई स्नातकसम्म सरकारले निशुल्क पढाइदिने

बिशेष