सडक विभागका कर्मचारी अटेरी

काठमाडौं — राष्ट्रिय सतर्कता केन्द्रले सडक विभागमा गरेको छड्के अनुगमनका क्रममा ५९ जना कर्मचारीले कार्यालय अनुशासन उल्लंघन गरेको भेटिएको छ। समयमै कार्यालय नआउने, तोकिएको ड्रेस नलगाउने तथा सामान्य प्रशासनिक अनुशासनसमेत पालना नगरेको पाइएपछि ती कर्मचारी सतर्कताको फन्दामा परेका हुन्।

बिज्ञापन

केन्द्रका अनुसार हिजो गरिएको आकस्मिक अनुगमनका क्रममा ठूलो सङ्ख्यामा कर्मचारीहरू कार्यालय समयमा उपस्थित नभएको तथा उपस्थित भएकामध्ये पनि कतिपयले निर्धारित पोशाक नलगाएको पाइएको थियो। सरकारी कार्यालयमा लागू गरिएको सेवा अनुशासन र समयपालनको मापदण्ड उल्लंघन गरेको भन्दै ५९ जनाको नामसहितको विवरण तयार गरिएको हो।

बिज्ञापन

राष्ट्रिय सतर्कता केन्द्रले उक्त कर्मचारीहरूको नामावलीसहितको प्रतिवेदन हिजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको जनाएको छ।

सरकारी कार्यालयहरूमा अनुशासन र सेवा प्रवाह सुधारका लागि राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो समय विभिन्न मन्त्रालय तथा विभागहरूमा आकस्मिक अनुगमन तीव्र पारेको छ। कर्मचारीहरूमा समयपालन र जिम्मेवारीप्रति सचेतना बढाउने उद्देश्यले यस्ता छड्के अनुगमन निरन्तर सञ्चालन गरिने केन्द्रको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष