बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व परिवर्तन गरिएको छ। अर्थ मन्त्रालयले सह–सचिव निर्मल ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ।

बिज्ञापन

मङ्गलबार मन्त्रालयले निर्णय गर्दै ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।

बिज्ञापन

यसअघि विभागको महानिर्देशक रहेका गजेन्द्र ठाकुर भने मन्त्रालयमा तानिएका छन्। बिचौलिया दीपक भट्टसँग उनको नाम जोडिएपछि मन्त्रालयले ठाकुरलाई फिर्ता बोलाएको स्रोतले जनाएको छ।

नेतृत्व परिवर्तनसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा निगरानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी सवारी फिर्ता

सरकार दुई तिहाईको,शासन अध्यादेशको

सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

अर्थका दुई शक्तिशाली विभाग महानिर्देशकविहीन, भन्सारमा पनि नेतृत्व परिवर्तनको संकेत

बिशेष