सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

काठमाडौँ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

महाशाखामा कार्यरत सहसचिव पार्वती शर्माको मधेस प्रदेशमा सरुवा भएपछि उनको स्थानमा ढकाललाई ल्याइएको हो। संघीय निजामती प्रशासनमा कर्मचारी सरुवा, पदस्थापन तथा व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले कर्मचारी प्रशासन महाशाखालाई मन्त्रालयको सबैभन्दा संवेदनशील र विवादास्पद महाशाखामध्ये एक मानिन्छ।

बिज्ञापन

सरकारले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै ढकाललाई उक्त जिम्मेवारीमा ल्याएको बताइएको छ। यद्यपि सरुवा, पदस्थापन तथा कर्मचारी व्यवस्थापनका निर्णयहरू प्रायः विवादमा पर्ने भएकाले ढकालले महाशाखालाई कसरी सञ्चालन गर्छन् भन्ने विषयलाई प्रशासनिक वृत्तले चासोका साथ हेरिरहेको छ।

संघीय शासन प्रणाली लागू भएपछि कर्मचारी व्यवस्थापनको जिम्मेवारी अझ जटिल बन्दै गएको छ। संघ, प्रदेश र स्थानीय तहबीच कर्मचारी समायोजन, सरुवा तथा पदस्थापनका विषयमा पटक–पटक विवाद हुने गरेको सन्दर्भमा कर्मचारी प्रशासन महाशाखाको भूमिका झनै महत्त्वपूर्ण मानिन्छ।

बिज्ञापन

यसैबीच मन्त्रालय स्रोतका अनुसार महाशाखामा ढकालको कार्यशैलीले आगामी दिनमा कर्मचारी व्यवस्थापन र सरुवाको प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष