आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपरान्ह २ बजे क्याबिनेट बैठक डाकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । आज बस्ने बैठकले सशस्त्र प्रहरीतर्फका आइजीपी राजु अर्यालको राजीनामा स्वीकृत गर्ने सम्भवना रहेको बताइएको छ । यस्तै,आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा सशस्त्र प्रहरीको १३ औ महानिरीक्षक पदमा नारायण दत्त पौडेल नियुक्त हुन सक्ने उच्च सम्भवना रहेको जनाइएको छ ।
बिज्ञापन
यता,दुई तिहाइ बहुमत नजिकको सरकारले समेत अध्यादेशबाट शासन गर्न लागेको भन्दै आलोचना भइरहेको समयमा सरकारले केही अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने जनाइएको छ । यसअघि गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको संघीय संसदको दुबै सदनको अधिवेशन भोलिपल्टै रोकिएको थियो । सोही कारण सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ अध्यादेशसहित एक दर्जन अध्यादेश राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाउन सक्ने जनाइएको छ ।
सरकारले निजामती ऐनको मस्यौदा हालैमात्र सार्वजनिक गरेको छ । १४९ वटा दफा रहेको उक्त विद्येयकमा राय सुझाव माग भएको अवस्था छ । सरकारले केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको बुझिन्छ । यस्का अलवा आजैको क्याबिनेटले आर्थिक वर्ष २०६२–६३ पछि सरकारी जिम्मेवारीमा रहेका उपसचिवदेखि मुख्यसचिवसम्म, निजामती,प्रहरी,जंगी, न्यायालयदेखि संवैधानिक पदाधिकारी,सांसद र मन्त्रीसम्म, हालका पालिका प्रमुख तथा उपप्रमुखसम्मको सम्पत्ति जाँचबुझसम्बन्धी सूचना पनि राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भइरहेको छ ।





























