सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय ले काठमाडौँ उपत्यकामा बढ्दो सुकुम्बासी बस्ती र शहर व्यवस्थापनबारे कडा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत काठमाडौँलाई अव्यवस्थित बनाउन नदिन राजनीतिक नेतृत्वलाई सचेत गराएका छन्।

बिज्ञापन

उनले विश्व सम्पदामा सूचीकृत ऐतिहासिक शहर काठमाडौँ लाई कुरूप, अस्तब्यस्त र अराजक बन्न दिन नहुने बताएका छन्। उनका अनुसार शहरमा बसोबास गर्न चाहनेहरूले मेहनत गरेर रोजगारी सिर्जना गर्दै जीवनस्तर उकास्नुपर्ने हुन्छ, सार्वजनिक तथा नदीकिनारका सरकारी जग्गा कब्जा गरेर बस्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उनले उल्लेख गरेका छन्।

बिज्ञापन

उपाध्यायले काठमाडौँ र भक्तपुर जस्ता ऐतिहासिक नगरहरू क्रमशः झोपडपट्टीमा रूपान्तरण हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सुकुम्बासी बस्तीलाई “कालो अर्थतन्त्र र विभिन्न गैरकानुनी गतिविधिको केन्द्र” बन्ने खतरा रहेको दाबी गरेका छन्।

उनले राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै यदि सुकुम्बासीप्रति अत्यधिक सहानुभूति छ भने आफ्नै जिल्ला वा नगरमा लगेर बसोबासको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्।

बिज्ञापन

उपाध्यायले शहर व्यवस्थापन र अतिक्रमण नियन्त्रणमा बालेन शाह ले मात्र प्रभावकारी कदम चाल्न सक्ने दाबी पनि गरेका छन्। उनले काठमाडौँ महानगरका मेयर शाहलाई ठूलो जनसमर्थन रहेको उल्लेख गर्दै अब उपत्यकाबासी सचेत भइसकेको बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन् कि काठमाडौँ उपत्यकाका बासिन्दा वास्तविक सुकुम्बासी नभएको र आफूलाई सुकुम्बासी बताउनेहरू आफ्नै जिल्लामा गएर सरकार वा स्थानीय नेतृत्वसँग व्यवस्थापन माग गर्नुपर्ने उनको धारणा छ।

उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि काठमाडौँमा सुकुम्बासी व्यवस्थापन, नदीकिनार अतिक्रमण र शहरीकरणको विषय पुनः बहसमा आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

बिशेष