उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। केही महिनाअघि मात्रै ‘महिनाको उत्कृष्ट प्रहरी’को रूपमा सम्मानित भएका उनी शनिबार साँझ ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निगरानी राखिएको थियो। सोही क्रममा रकम लेनदेन भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

बिज्ञापन

अख्तियार स्रोतका अनुसार क्षेत्रीले मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ मागेका थिए। लामो बार्गेनिङपछि प्रारम्भिक किस्ताका रूपमा ५० हजार रुपैयाँ बुझ्दा उनी रंगेहात समातिएका हुन्। पक्राउ परेका क्षेत्रीलाई हाल अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

घटना बाहिरिएपछि प्रहरीभित्र पनि यसले तरंग पैदा गरेको छ। कारण, केही महिनाअघि मात्रै कास्की प्रहरीले उनलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरेको थियो। २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामको मूल्याङ्कनका आधारमा उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरिएको थियो।

बिज्ञापन

त्यतिबेला कास्की प्रहरी नेतृत्वले क्षेत्रीले अपराध अनुसन्धान शाखामा रहेर सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरेको थियो। उनलाई इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक रूपमा दक्ष प्रहरीका रूपमा चित्रित गर्दै प्रहरी संगठनको छवि उकास्न योगदान दिएको उल्लेख गरिएको थियो।

तर, सम्मान पाएको केही महिनामै उनी घुस प्रकरणमा पक्राउ परेपछि प्रहरी संगठनभित्र मूल्याङ्कन प्रणालीमाथि पनि प्रश्न उठ्न थालेको छ। प्रहरी स्रोतका अनुसार क्षेत्रीमाथि यसअघि पनि सेवाग्राहीसँग बार्गेनिङ गर्ने, फाइल लुकाइदिने तथा मुद्दा मिलाइदिने भन्दै दबाब दिने आरोप लाग्दै आएको थियो।

केही सेवाग्राहीहरूले उनले पटक–पटक दुःख दिने गरेको र मुद्दासम्बन्धी फाइल देखाएर रकम माग्ने गरेको आरोप लगाएका छन्। स्रोतका अनुसार उनीविरुद्ध विभिन्न निकायमा उजुरीसमेत परेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उनीविरुद्ध गुनासो पुगेको बताइन्छ।

यद्यपि ती उजुरीहरूमाथि औपचारिक रूपमा कस्तो प्रक्रिया अघि बढ्यो भन्ने स्पष्ट छैन। तर पछिल्लो घटनाले भने प्रहरी संगठनभित्र मुद्दा फाँटमा हुने सम्भावित अनियमितताबारे पुनः बहस सुरु गराएको छ।

विशेषगरी मुद्दा फाँटमा कार्यरत कर्मचारीहरूले अनुसन्धान, फाइल प्रक्रिया र मुद्दाको प्रगतिसम्बन्धी जानकारीमा पहुँच राख्ने भएकाले सेवाग्राहीसँग अनावश्यक दबाब र बार्गेनिङको जोखिम रहने भन्दै निगरानी प्रणाली कडा बनाउनुपर्ने माग पनि उठ्न थालेको छ।

अख्तियारले भने पक्राउ परेका क्षेत्रीमाथि घुस लेनदेनसम्बन्धी प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष